लाङटाङमा रोपिएको स्याउ सप्रिएपछि गाउँले खुशी

लाङटाङमा रोपिएको स्याउ सप्रिएपछि गाउँले खुशी
सुन्नुहोस्

रसुवा : गत पुसमा रोपिएका स्याउका बिरुवा फुलेको छ । परीक्षणका लागि  रोपिएको स्याउ वातावरण अनुकूलित भएर सप्रिन थालेपछि गाउँले खुशी भएका हुन् । गोसाइँकुण्ड गाउँपालिका–४ को लाङटाङ र मुन्डु गाउँमा पहिलो पटक स्याउको परीक्षण सफल भएपछि स्थानीय खुशी भएका हुन् । समुद्र सतहबाट ३,५०० मिटरको उचाइमा स्याउ खेती सुरु गरिएको हो । 

नमुना परीक्षणका लागि यहाँ विभिन्न जातको स्याउ रोपेको र परीक्षण सफल भएको स्थानीय फिन्जो तामाङले बताए । ‘एक–दुई वटा बोट पहिले रोपिएको भए पनि यसरी नयाँ जातको परीक्षण पहिलो पटक गरिएको हो ।’ उनले भने, ‘गत मंसिरमा रेड डेलिसिएस, रोयल डलिसियस र फुजी ४८ वटा स्याउका बिरुवा रोपेको हो । गाउँमा ३ सय बिरुवा रोपिएको थियो ४-५ वटा बिरुवा मरे पनि धेरै जस्तो बिरुवा सप्रेका छन् ।’

२० वटा ग्रीन हाउस बनाइएको छ । परीक्षणका लागि १३ प्रजातिका स्याउ रोपिएको थियो । यहाँ स्याउको परीक्षण सफल भएपछि धेरैले स्याउका बिरुवा रोप्ने सोच बनाएका छन् । पर्यटकीय क्षेत्रमा यहाँ आउने पर्यटकहरुले धेरै स्याउ खपत गर्ने स्थानीय ग्याल्बो लामाले बताए ।  पहिले स्थानीय जातका स्याउ रोपेपनि फल्न छाडेपछि अध्ययन अभावले मासिएको थियो । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रद्वारा लाङटाङमा ६ महिनाअघि स्याउका बिरुवा रोपिएको थियो ।

यो परीक्षण सफल भएको हेरेर धेरैले स्याउ रोप्ने योजना बनाएको स्थानीय टेम्पा तामाङ बताउँछन् । इसिमोडका अर्गानिक कृषि विज्ञ राजेन्द्र ढकाल भन्छन्, ‘लाङटाङमा परीक्षण सफल भनिहाल्न मिल्दैन ।’ फल लागेर किसानले लाभ लिएपछि मात्र परीक्षण सफल भएको भन्न सकिन्छ । रोपिएका स्याउका बिरुवा वातावरण अनुकूलित भएकाले बिरुवाको बृद्धि भने भएको छ । केही विरुवमा फूल फुले पनि बोट परिपक्व नभएकोले टिपेर हटाइएको थियो ।’ 

त्यस्तै जलवायु उत्थानशील कृषि अनुसन्धानकर्ता श्याम भट्ट भन्छन् फरक–फरक जातका स्याउका बिरुवा हावापानी मिल्ने ठाउँ भारतको हिमालचल प्रदेशबाट बिरुवा ल्याएर रोपिएको हो, अनुसन्धानकै क्रममा भएकाले कुन राम्रो हुन्छ त्यही जात अघि बढाउने उद्देश्यले परीक्षण भइरहेको भट्टले बताए ।  
चिसो र उच्च–उचाइको अवस्थामा अनुकूलन क्षमता र प्रदर्शन परीक्षण गर्न उच्च हिमाली क्षेत्रको चिसो हावापानीमा रातो स्वादिष्ट, गोल्डेन स्वादिष्ट, डार्क सुपर, सुपर गोल्डेन र अन्य प्रजातिहरू पनि रोपिएको स्याउ खेती प्रशिक्षक कृष्ण भामले जानकारी दिए । स्थानीय ५० भन्दा बढी घरपरिवारले आफ्नो घरको बगैंचामा स्याउको बिरुवा रोप्दै स्याउ रोपणमा भाग लिएका थिए । स्थानीयले स्याउका बिरुवा वरिपरी बन्दा र प्याज खेती पनि सँगसँगै गरेका छन् । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.