विशाल भण्डारीको अध्भ्यक्षतामा नेपाल रेडक्रस सोसाइटीको तदर्थ समिति गठन

विशाल भण्डारीको अध्भ्यक्षतामा नेपाल रेडक्रस सोसाइटीको तदर्थ समिति गठन
सुन्नुहोस्

काठमाडौं : सरकारले विशाल भण्डारीको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय तदर्थ समिति गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले दोलखाका विशालकुमार भण्डारीको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय भएको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् ।

यसअघिका तदर्थ समिति अध्यक्ष विनोदकुमार शर्माले राजीनामा बुझाएका थिए । भण्डारी नेपाल रेडक्रसका पूर्व कार्यवाहक अध्यक्ष हुन् ।
यस्तै मन्त्रिपरिषद बैठकले पूर्वगृहमन्त्री एवम् प्रतिनिधि सभा सदस्य सुदन गुरुङको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले पेश गरेको प्रतिवेदन ग्रहण गर्ने निर्णय पनि गरेको छ ।

यस्तै तल्लो अरुण जलविद्युत् आयोजना, लोअर न्यादी खोला जलविद्युत् आयोजना, घुन्सा खोला जलविद्युत् आयोजना र तादी खोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय समेत भएको छ । मन्त्रिपरिषद बैठकले निजामती सेवा सोह्रौं संशोधन नियमावली २०८३ स्वीकृत समेत गरेको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.