करिना कपुर गर्भवती !

 करिना कपुर गर्भवती !

मुम्बई: अभिनेत्री करिना कपुर गर्भवती बनेको चर्चा सेलाएको छैन। उनले यो समाचारको प्रष्ट शब्दमा खण्डन पनि गरेकी छैनन् न त स्वीकार नै गरेकी छन्।
सञ्चारमाध्यमसँग यस्तो प्रश्नसँग साक्षात्कार गर्नुपर्दा गोलमटोल जवाफ दिएर टार्ने गरेकी छन्।

यस्तै एक प्रसंगमा करिनाले लन्डनमा आफ्ना पाँचजना बच्चा रहेको बताएपछि उनी गर्भवती रहेको समाचार अन्यत्र मोडिएको छ । सैफअलि खानसँग चार वर्षअघि विवाहबन्धनमा बाँधिएकी करिना गर्भवती भएको चर्चा चलेको पहिलो पटक होइन।

“हालै लन्डनबाट पतिका साथ बिदा मनाएर फर्कने क्रममा उनले ख्यालख्यालमै लन्डनमा आफूले पाँच बच्चा लुकाएर आएको बताएकी थिइन् ।”

यसअघि अड्कल काट्नेहरू पछि हिस्स परेका थिए। यसपटक पनि एक कार्यक्रममा उनको पहिरन र हाउभाउ हेरेर कार्यक्रममा उपस्थित र सञ्चारमाध्यमले उनी गर्भवती रहेको अड्कल काटेका थिए। कार्यक्रममा करिना पहिलेको तुलनामा केही मोटी देखिएकी थिइन्।

हालै लन्डनबाट पतिका साथ बिदा मनाएर फर्कने क्रममा उनले ख्यालख्यालमै लन्डनमा आफूले पाँच बच्चा लुकाएर आएको बताएकी थिइन् । सैफका पहिलो पत्नी अमृता सिंहबाट जन्मेका दुई सन्तान र करिनाबीचको सम्बन्ध राम्रो छ।

हालै इन्डियन एक्सप्रेसलाई दिएको अन्तर्वार्ताका क्रममा उनले भनेकी छन्, 'म महिला भएकोले आमा बन्न लालायित छु। तर यसबारेमा बोल्नका लागि मसँग कुनै कुरा छैन।' -एजेन्सी

हालै लन्डनबाट पतिका साथ बिदा मनाएर फर्कने क्रममा उनले ख्यालख्यालमै लन्डनमा आफूले पाँच बच्चा लुकाएर आएको बताएकी थिइन् । सैफका पहिलो पत्नी अमृता सिंहबाट जन्मेका दुई सन्तान र करिनाबीचको सम्बन्ध राम्रो छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.