धर्म र आतंक

धर्म र आतंक

इस्लाम धर्मको महान् पर्व विश्वभरि मनाइँदै छ, परम्परागत उल्लासका साथ । तर त्यो पर्व र त्योसँग जोडिएको धर्मकै नाममा पवित्र तीर्थ मदिनासहित विभिन्न ठाउँमा आतंकवादी आक्रमण भएका छन् । अमेरिकाको फ्लोरिडास्थित अर्लान्डोको एउटा रात्रिक्लबमा भएको आक्रमण यो शृंखलाको पहिलो देखिन्छ ।

त्यसपछि काबुल इस्तानबुल विमानस्थल, ढाका, बगदाद र जेद्दामा भएका आक्रमणमा सयौँको ज्यान गएको छ । समग्र विश्व नै आतंकित भएको छ । अर्थात् अमेरिकादेखि युरोप र दक्षिण एसियासम्म आतंकवादको सिकार बन्दा विश्वको सुरक्षामा या असुरक्षाको स्थिति स्पष्ट हुन्छ ।

यसैबीच इस्लामिक राज्य (आईएसआईएस) ले अमेरिकालाई अफगानिस्तानबाट फिर्ता हुन आग्रह गरेको छ । अर्थात् अर्को शब्दमा अमेरिकाले त्यसलाई स्वीकार नगरे यस्ता विस्फोटहरूको सिलसिला जारी रहने संकेत दिएको छ । यसै सन्दर्भमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकावादलाई परिभाषित गर्न संयुक्त राष्ट्रसंघसँग आग्रह गरेका छन् ।

अवश्य पनि, आतंकवादलाई परिभाषित गर्नु जरुरी छ, तर त्योभन्दा बढी यसबारे राष्ट्रसंघसहित अमेरिका, भारतलगायतका ठूला र शक्तिशाली मुलुकहरूले आफ्ना मुलुकभित्र र बाहिर आतंकवादबारे समान धारणा र व्यवहार अपनाइनु पनि त्यत्तिकै आवश्यक छ । अन्य मुलुकमा सैनिक या अन्य किसिमका हस्तक्षेपले हिंसात्मक प्रतिरोध अपनाएका घटना इराक, अफगानिस्तान, लिबिया, श्रीलंका र नेपालमा देखा परेका छन्, कुनै न कुनै रूपमा ।

 

‘आतंकवाद' लाई आफ्नो स्वार्थ र सुविधाअनुसार राजनीतिक, सामरिक र भौतिक सहयोग प्रदान गरेका छन्, ठूला र शक्तिशाली मुलुकहरूले । त्यसबारे दोहोरो मान्यता राख्दा ठूला मुलुकहरूको नैतिक हैसियत कमजोर हुन्छ र आतंकवादले प्रोत्साहन पाउँछ ।

शृंखलाबद्ध आतंकवादी हमला यसपटक थप चिन्ताको विषय बनेको छ । इस्लामलगायतका धर्मावलम्बीहरू घाइते भएका छन् या ज्यान गएको छ । एकातिर भने अर्कोतिर धर्मको कुव्याख्यामा आधारित यस्ता घोर आक्रमण गर्न सानै उमेरदेखि बालकहरूलाई घृणा र हत्यालाई ‘धर्मको आदेश' का रूपमा बढाइएको छ । बालमस्तिष्कमा घृणा घुसाइँदाको नतिजा विश्वले मोल्दै छ ।

तर प्रतिशोध र घृणाको निशाना बनाएमा अमेरिका जस्ता ठूलो मुलुकहरूले सम्भवतः आफ्ना बाह्य हस्तक्षेपका नीतिहरूबारेमा समेत समीक्षा गर्नु त्यत्तिकै आवश्यक छ ।

आखिर आतंकवादलाई जसले जसले जनाए पनि त्यसबाट विश्व समुदायलाई पुग्ने खतरा या क्षति समान हुन्छ । यससँगै विश्वका अधिकांश इस्लाम मुलुक र उनका धर्मगुरुहरूले ‘आतंकवाद' लाई इस्लामले मान्यता नदिने सन्देश दिनु पनि त्यत्तिकै आवश्यक छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.