सुशीला कार्की पहिलो महिला प्रधानन्यायाधीश

काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानन्यायाशीध सुशीला कार्कीलाई आज पद तथा गोपनीयताको शपथ गराएकी छन् ।
राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा कार्कीले शपथ लिएकी हुन् ।
कार्कीलाई सो पदमा नियुक्ति गर्न गत चैत २८ मा संवैधानिक परिषद्ले गरेको सिफारिसलाई संसद्को सुनुवाइ विशेष समितिले आइतबार अनुमोदन गरेको थियो । कार्की नेपालकी पहिलो महिला प्रधानन्यायाधीश बन्न सफल भइन् ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख ओनसरी घर्तीमगर, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, सर्र्वोच्च अदालतका न्यायाधीश, नेपाल सरकारका मुख्यसचिव, संवैधानिक र सुरक्षा निकायका प्रमुख, नेपाल बार एसोसिएसनका पदाधिकारीलगायतको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस !
