सुजिता मिस वर्ल्ड अमेरिकामा

काठमाडौँ: पहिलोपटक आयोजना भएको मिस नेपाल यूएस २०११ की विजेता सुजिता बस्नेत हालै अमेरिकामा सम्पन्न मिस वल्र्ड अमेरिका २०१६ को सेमिफाइनलसम्म पुग्न सफल भएकी छन्।
प्रतियोगितामा २८ जना सुन्दरीको सहभागिता थियो। नेपालस्थित ईप्लानेटले दिएको जानकारीअनुसार सुजिता बीच ब्युटी र टप मोडल अवार्डमा उत्कष्ट पाँचमा पनि परेकी थिइन्।
सन् २०११ मा ईप्लानेट प्रालिको सहकार्यमा इभेन्ट प्लानेट इन्क, यूएसएले अमेरिकामा बसोबास गरिरहेका नेपाली युवतीमा लक्षित गरी पहिलोपटक मिस नेपाल यूएस प्रतियोगिता आयोजना गरेको थियो। प्रतियोगितामा सुजिता बस्नेतले शीर्ष उपाधि जितेकी थिइन्।
प्रतिक्रिया दिनुहोस !
