सफ्ट ड्रिंक्सबाट मधुमेह !
अमेरिकन हार्ट एसोसिएसनको एक विज्ञप्तिअनुसार विश्वमा हरेक वर्ष एक लाख ८० हजार मानिसको मृत्यु सफ्ट ड्रिंक्स पिउनाले हुने गर्छ । जुन संख्या क्यान्सर र एड्सजस्ता रोगहरूबाट हुने कुल मृत्युको संख्याभन्दा बढी हो ।
आज विश्वका नवजवानहरू पनि मधुमेह रोगबाट ग्रसित छन् । एक तथ्यांकका अनुसार प्रत्येक वर्ष कमसेकम एक करोड मानिस मधुमेह रोगको सिकार भइरहेका छन् । पहिलेपहिले यो रोग यति धेरै फैलिँदैनथ्यो । यसलाई वंशानुगत वा पिँढीगत रोग मानिन्थ्यो । आखिर के कारण आज मधुमेह महामारीभन्दा पनि ठूलो रोगका रूपमा फैलिँदै गएको छ ?
यसका कारणहरूमा मोटोपन हुनु, चिन्ता, डर, मानसिक तनाव, उचित मात्रामा शारीरिक व्यायाम नगर्नु, निष्क्रिय जीवनशैली, पेन्क्रियाजले काम नगर्नु वा शरीरमा बनेको इन्सुलिन शरीरले उपयोग गर्न नसक्नु, उच्च रक्तचाप भएमा, वंशानुगत रूपमा आउनु आदि कारण छँदै छन् । यसबाहेक आजभोलि घरमा आउने पाहुना, अफिस, कार्यालय, पसलमा आउने व्यक्तिहरूलाई जाडोयाम छ भने कफी र चिया, गर्मी छ भने सफ्टड्रिङस फेन्टा, कोकाकोला, पेप्सी, मिरिन्डा, स्प्राइट, इनर्जी ड्रिंक्सजस्ता पेयपदार्थले स्वागत गरिन्छ ।
हाम्रो समाजमा तातो वा चिसो पिउने र पिलाउने संस्कार नै भइसकेको छ । जुन सजिलो पनि छ । एउटा बोतल कोकाकोला वा पेप्सीको बोतल घरमा छ भने दुई–चार जनालाई सजिलैसँग सत्कार गर्न सकिन्छ । गृहिणीलाई घरमा पेयपदार्थ बनाइराख्न झन्झट पनि हुँदैन । दुई सय मिलिलिटरको कोक या फेन्टा पिइसकेपछि त्यसका कारण हाम्रो शरीरभित्र रहेका अति महत्त्वपूर्ण अंगहरू लिभर, किडनी र मुटुमा के कस्तो असर पर्दछ ? कुनै पनि सफ्ट ड्रिंक्स सेवनले हाम्रो शरीरभित्र के असर गर्छ ? यहाँ उल्लेख गरिएको छः
पहिलो चरण
१० मिनटमै हाम्रो शरीरलाई चाहिने कुल दैनिक आवश्यकताभन्दा १० चम्चा बढी सुगर हाम्रो शरीरभित्र पुग्छ । सफ्ट ड्रिंक्समा रहेको फास्फोरिक एसिडनामक तत्त्वले यसको गुलियोपनलाई तत्काल महसुस हुन दिँदैन । महसुस हुने भएको भए तुरुन्तै बान्ता भएर सुगर बाहिर निस्किन्थ्यो । तर फास्फोरिक एसिडको मात्रा यसमा हुने भएकाले पिउने व्यक्तिलाई बान्ता हुँदैन ।
दोस्रो चरण
करिब १० मिनेटपछि हाम्रो शरीरले धेरै मात्रामा इन्सुलिन तीव्र गतिले बनाउन थाल्छ । जसको फलस्वरूप व्यक्तिको ब्लडसुगरको लेवल तीव्र गतिले बढ्छ । यति धेरै सुगर पचाउन हाम्रो लिभरले ओभरलोडिङ काम गरेर सुगरलाई बोसोमा परिवर्तित गर्ने काम गर्नुपर्ने हुन्छ । यसरी बोसो पेटको वरिपरि जम्मा हुन्छ । त्यसले शरीर मोटो हुन थाल्छ र शरीरको तौल अस्वाभाविक रूपले बढन जान्छ ।
तेस्रो चरण
४० मिनेटपछि सफ्ट ड्रिंक्स भएको कैफिन नामक तत्त्व शरीरमा अशोषित हुन्छ । यसका कारण हाम्रो आँखाको नानी बढी फैलिन्छ । फलस्वरूप व्यक्तिको ब्लडप्रेसर बढ्न जान्छ । यसले हृदयलाई अतिरिक्त कामको चाप हुन थाल्छ । मुटुलाई अझ बढी इनर्जी दिनका लागि लिबरले बढी मात्रामा सुगर ब्लडमा पम्प गरेर मुटुको तीब्र गतिशीलता बानाई राख्न कोसिस गर्छ ।
चौथो चरण
४५ मिनेटपछि शरीरमा डोपमाइन नामक केमिकल (रसायन तत्त्व) बन्दछ । यस केमिकलले सफ्टड्रिंक्स पिउने व्यक्तिलाई आनन्द दिने काम गर्दछ । जसको फलस्वरूप पेयपदार्थ पिएपछि मनमा एक किसिमको आनन्दको अनुभूति हुन्छ । त्यसैका कारण व्यक्ति सफ्ट ड्रिंक्सको गुलाम (आदि) बन्छ । यो क्रिया कुनै ड्रग एडिक्ट व्यक्तिलाई हेरोइन, गाँजा, भांग, अफिम गुट्खा आदि नशालु वस्तुको प्रयोग गरेपछि प्राप्त हुने आनन्दजस्तै भइदिन्छ ।
पाँचौं चरण
६० मिनेटपछि सफ्ट ड्रिंक्समा मौजुद फास्फोरिक एसिड, हाम्रो शरीरको पोषणको लागि आवश्यक तत्त्व जस्तै केल्सियम, मैग्निसियम र जिंकलाई आन्द्रामा नै रोकेर राख्छ । त्यसपछि केफिननामक तत्त्वले यिनीहरूसँग क्रिया गरी दिसा–पिसाबका साथ चाहिने तत्त्वहरूलाई शरीरबाट बाहिर निकालिदिन्छ । हाम्रो शरीरको पोषण एवं विकासको लागि जरुरी तत्त्वहरू क्याल्सियम, मेग्नेसियम र जिंकल शरीरलाई कुनै फाइदा नपुर्याई निष्फल बनाइदिन्छ ।
छैटौं चरण
इम्पिरियल कलेज लन्डनको एक रिसर्चका अनुसार सफ्ट ड्रिंक्सको प्रत्येक बोतलका साथ टाइप २ डायबिटिज हुने खतरा २०५ ले बढ्न जान्छ । यसको कारण सफ्ट ड्रिंक्समा मौजुद रहेको कैरेमलनामक रसायन तत्त्व हो । शरीरमा इन्सुलिन बनाउने प्रक्रियालाई कमजोर बनाइदिन्छ । निरन्तर सफ्ट ड्रिंक्सको सेवन गर्दै गइयो भने एक दिन यस्तो पनि हुन सक्छ कि हाम्रो शरीरले इन्सुलिन बनाउन पूर्ण रूपले बन्द गरिदिन्छ । हामीलाई पनि मधुमेह भइहाल्छ र हामी पनि मधमेहको रोगी हुन जान्छौं ।
प्रोफेसर निक वेअरहेम लन्डनको भनाइअनुसार अब समय आइसकेको छ कि सफ्टड्रिंक्सको बोटल प्रयोग गर्नेका लागि चेतावनीस्वरूप सिगरेट, तमाखुको बट्टामा यसको सेवनले क्यान्सर हुन्छ भन्ने चित्र दिएजस्तै चेतावनीको सिम्बोल दिए जस्तै सफ्ट ड्रिंक्सको बोटलमा पनि चित्र अंकित गर्नु या लेबल लगाउन जरुरी छ । अतः गर्मीको सिजनमा सफ्ट ड्रिंक्सको विकल्पको रूपमा हाम्रै वरपरका स्रोतसाधनलाई अपनाउनुपर्छ ।
जसको प्रयोग हामी सिजनअनुसार घरमै बनाएर प्रयोग गर्न सक्र्छौं । त्यसैले अतिथि सत्कार गर्न सक्छौं । कागतीको सर्बत, चनाको सातुको सर्बत, उखुको रस, दहीको लस्सी, मोही, खर्बुजाको जुस, रुहाब्बजा सर्बत, बेलको सर्बत आदिको सेवन गर्न र गराउन सकिन्छ । यस्तो प्राकृतिक पेयदार्थबाट शरीरलाई कुनै नोक्सानी गर्दैन । शरीरलाई गर्मीबाट राहत दिनुका साथै स्वास्थलाई फाइदा गर्दछ । हामीले सफ्ट ड्रिंक्स पिउने मोह छोडन सक्यो भने विश्वव्यापी रूपमा फैलिरहेको मधुमेहबाट सजिलै बच्न र बचाउन सकिन्छ ।