सोह्र वर्षदेखि मौनव्रतमा एक साधु

सोह्र वर्षदेखि मौनव्रतमा एक साधु

बेनी (म्याग्दी) : यहाँ एक व्यक्ति निरन्तर १६ वर्षसम्म मौनव्रत बस्दै आएका छन्।

जनकपुर घर भई हाल म्याग्दीमा बस्दै आएका ५१ वर्षीय रामानन्द सरस्वती विश्व शान्तिको कामना गर्दै विसं २०५७ सालदेखि मौनव्रत बस्दै आएका हुन् । विश्वमा व्याप्त अशान्ति, क्रोध, गरिबी र हत्या हिंसाले आक्रान्त मानिसको दिनचर्यालाई देखेपछि त्यसबाट वाक्क लागेर आफूले मौनव्रत लिएको दैनिकीमा लेखेर उनले जानकारी दिए।

विश्व कल्याणको कामनासहित फलाहार बसेर दैनिक ‘श्रीमद्भागवत’, ‘गीता’, ‘महाभारत’लगायत धार्मिक ग्रन्थको पाठपारायण गर्दै आउनुभएका बेनीको मङ्गलाघाटमा भेटिनुभएका रामानन्दले लेखेर जानकारी दिएका हुन्।“विश्वमै शान्ति कायम नहुन्जेल म अन्न पनि सेवन गर्दिन, मौनव्रत पनि छाड्दिन”, उनले दैनिकीमा लेखेका छन्।

पन्ध्र वर्षसम्म लगातार व्रत बसेको सुनेर जिल्लाका विभिन्न स्थान, बागलुङ, पर्वत, कास्की, काठमाडौँलगायत स्थानबाट मानिसहरु आफूलाई दैनिकजसो भेट्न आउने गरेको पनि उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.