बाढी पीडितको समस्या समाधानका लागि पहल गर्छुः मन्त्री केसी

बाढी पीडितको समस्या समाधानका लागि पहल गर्छुः मन्त्री केसी

काठमाडौंः सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले बाढी पीडितका समस्या समाधानका लागि आवश्यक पहल गर्ने बताएका छन्।

मंगलवार सहरी विकास मन्त्रालयमा बाँके, बर्दिया, दाङ् र सुर्खेतका बाढीपीडितहरुको प्रतिनिधि मण्डलसंगको भेटमा मन्त्री केसीले समस्या समाधानका लागि आफ्नो मन्त्रालयले गर्नुपर्ने काम तत्काल सुरु गर्ने र अन्तरमन्त्रालय समन्वय गरी छिटो राहत वितरणको वातावरण वनाउने विश्वास समेत दिलाए।

मन्त्री केसीले बाढी पीडितलाई पनि भूकम्पपीडित सरह अनुदान दिने मन्त्रिपरिषदबाट निर्णय भएकाले कार्यान्वयनको अवस्था, व्यवधान भएमा विवरण एवं समाधानका उपायसहित कार्ययोजना प्रस्तुत गर्न मन्त्रालयका उच्च अधिकारीहरुलाई आफूले निर्देशन दिइसकेको बताए। उनले आवश्यक परे मन्त्रिपरिषदवाटै विशेष निर्णय गराउन आफू लागि पर्ने समेत वताए।

वर्दियावाट व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने सांसदहरु संजयकुमार गौतम, श्यामकुमार ढकाल, गोपाल दहीत, कासिम सिद्धिकी र निर्मल सुवेदी सहितको प्रतिनिधीमण्डलले मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नहुँदा वाढी पीडितहरु दुई वर्षदेखि त्रिपालमै वस्न वाध्य भएको र उनीहरुको जीवन कष्टकर वन्दै गएकाले तत्काल समस्या समाधानको पहल गर्न मन्त्री केसीसँग आग्रह गरेका थिए।

भेटमा बाढीपीडित बर्दिया जिल्ला संघर्ष समितिका अध्यक्ष विन्तिराम थारुले २०७१ साल साउन २९ र ३० गतेको भीषण वाढीले बर्दियामा मात्र १७ हजार घरमा क्षति पु¥याउँदा ८८ हजार नागरिक प्रभावित भएको जानकारी गराएका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.