दसैं: रोग निम्ताउँछ अस्वस्थ खानाले

दसैं: रोग निम्ताउँछ अस्वस्थ खानाले

खुसीको पर्व दसैं मीठो परिकार खाएर र खुवाएर मनाइन्छ । घरमात्र होइन आफन्तकहाँ पुग्दा पनि मीठो परिकारबाटै न्यानो स्वागत पाउने गरिन्छ । दसैंजस्तो पवित्र पर्वलाई खानासँग मात्र जोड्ने र शारीरिक अभ्यास अर्थात् परि श्रमबिना अत्यधिक मासु र मसलेदार खाना खाँदा दीर्घरोगी बन्ने जोखिम निम्तिएको भन्दै चिकित्सकले सचेत रहन सबैमा आग्रह गरेका छन् ।

घरमै खसी, राँगा, कुखुरालगायत काट्ने र हतारमा जथाभावी पकाएर खाने चलन पछिल्लो समय बढेको छ । बजारमा किनिने मासु पनि अस्वस्थकर छन् । घरमा पाक्ने परिकारमा हालिने अनेकौं मसला, चिल्लो र पिरोले रोग निम्त्याउने वीर अस्पतालका डा. भूपेन्द्रकुमार बस्नेतले बताए ।

उनका अनुसार दसैंका बेला खाना पनि अस्वस्थकर खाने, अल्कोहलको सेवन पनि निरन्तर गर्ने, नसुत्ने र शारीरिक अभ्यास नगर्ने प्रचलन हावी भइरहेको छ । यसले गर्दा मुटु, युरिक एसिड, ग्यास्ट्रिकलगायतको समस्या देखिन थालेको छ । चिकित्सकका अनुसार दसैंका बेला होस् या अघिपछि, खानामा ध्यान दिन सकिएन भने जीवनभर पछुताउनुको विकल्प छैन । त्यसैले हरेक दिन फलफूल, हरियो सागसब्जी, दूध दहीका साथमा मासु, भात र रोटी खानुपर्ने चिकित्सकको सुझाव छ ।


के भन्छन् विशेषज्ञ
अस्वस्थकर खानाले झाडापखाला, आउँ, मिर्गौलासम्बन्धी रोग, मधुमेह, उच्च रक्तचाप, फुड प्वाइजनिङ, बाथको समस्या आदि निम्त्याइरहेको छ ।  डा. भूपेन्द्रकुमार बस्नेत, वीर अस्पताल

रमाइलो गर्नलाई अस्वस्थकर वा हेर्दा राम्रो देखिने खाना खानैपर्छ भन्ने छैन । खानामा मात्रै दसैंलाई जोडेर मनाउने हो भने धेरै नेपाली दीर्घरोगी बन्ने खतरा छ । दीर्घरोग लागिसकेका मानिसले दसैंको बहानामा जथाभावी खाँदा रोगले च्यापेर तत्कालै अस्पताल पु्र्‍याउनुपर्ने अवस्था पनि आइलागको छ ।
डा. प्रकाशराज रेग्मी, मुटुरोग विशेषज्ञ

निरोगी बन्न अघिपछि शारीरिक अभ्यास गरेझैं दसैंमा झन् धेरै समय व्यायाम गर्नुपर्छ ।
डा. अरुणा उपे्रती, जनस्वास्थ्यविद्

दसैंको बहानामा लामो समयसम्म खाइने रातो मासु, छाला र बोसोले क्यान्सरलगायत नसर्ने रोगसमेत निम्त्याउन थालेको छ । थोरै र स्वस्थ मासु खाँदा शरीरलाई फाइदा पु¥याउँछ तर अस्वस्थकर मासुले अनेकौं रोग निम्त्याउँछ । 
डा. सन्ध्या चापागाईं, क्यान्सररोग विशेषज्ञ, वीर अस्पताल


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.