अख्तियार प्रमुख लोकमानसिंह कार्कीको नाममा म्याद तामेल

अख्तियार प्रमुख लोकमानसिंह कार्कीको नाममा म्याद तामेल

काठमाडौंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीको नाममा म्याद तामेल भएको छ।

काठमाडौं महानगरपालिका वडा नम्बर १० की सचिव सरिता राईको रोहबरमा कार्कीको घरमा म्याद तामेल भएको हो। तामेल्दारहरुले मंगलबार साँझ नै कार्कीको नाममा म्याद तामेल भएको मुचुल्का तयार गरी सर्वोच्च अदालत प्रशासनमा प्रतिवेदन बुझाएका हुन्। सर्वोच्च अदालतका प्रवक्ता नहकुल सुवेदीले कार्कीको नाममा म्याद तामेल भएको बताए।

वडा सचिव राईको रोहबरमा कार्कीको घरको म्याद टाँस गरी सर्वोच्च अदालतका तामेल्दारहरु फर्किएको प्रतिवेदनमा उल्लेख गरिएको छ। प्रतिवेदनमा लोकमानको नयाँ बानेश्वरस्थित घरको पूर्व फर्किएको दैलोमा म्याद टाँसिएको उल्लेख छ। यसअघि सोमबार म्याद टाँस गर्न कार्कीको निवास पुगेका सर्वोच्च अदालतका तामेल्दारहरुलाई केही संख्यामा रहेका युवाहरुको समूहले घरमा म्याद टाँस गर्न रोक लगाएपछि नटाँसी फर्किएका थिए।

म्याद तामेल भएपछि अब १५ दिनभित्र विपक्षी कार्की सर्वोच्च अदालत आफै उपस्थित हुनु पर्नेछ वा आफ्ना तर्फबाट कोही प्रतिनिधि पठाउनु पर्नेछ।

अख्तियार प्रमुखमा नियुक्त हुन कार्कीको आवश्यक योग्यता नपुगेको भन्दै अधिवक्ता ओममप्रकाश अर्यालले दायर गरेको पुरानो मुद्दाको पुनरावलोकन गर्ने सर्वोच्चको फैसलापछि उनलाई अदालतमा उपस्थित हुन म्याद टाँसिएको हो।

अधिवक्ता अर्यालले दायर गरेको कार्कीविरुद्धको मुद्धा सर्वोच्च अदालतले सुरुमा खारेज गरेपनि प्रधानन्यायाधीश सुशीला कार्कीसहितको संयुक्त मुद्धा पुनरावलोकन गर्ने निर्णय गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.