एनबीको ३२ प्रतिशत बोनस सेयर योजना
काठमाडौः नेपाल बंङ्गलादेश बैंकले ३२ प्रतिशतका दरले बोनस शेयर जारी गर्ने भएको छ । बैंकको सोमबार सम्पन्न २२ औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७२/२०७३ को मुनाफाबाट चुक्त पुँजीको ३२ प्रतिशतबोनस सेयर र १.६८ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
बोनस सेयर वितरणपश्चात नेपाल राष्ट्र बैंकले १० बराबर ८ को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । साथै सभाले अधिकृत पुँजीलाई १० अर्व पु¥याउने छ । हकप्रद सेयर जारी भइसकेपछि जारी सेयर पुँजी सात अर्ब २२ करोड ११ लाख ६५ हजार हुने बैंकले जनाएको छ । साथै कार्यक्रम परिसरमा बैंकको सहकार्यमा नेपाल मधुमेह समाजद्धारा निःशुल्क स्वस्थ्य परिक्षण शिविरको पनि आयोजना गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस !
३