बिमस्टेक सहसचिव बैठक आजदेखि

बिमस्टेक सहसचिव बैठक आजदेखि

काठमाडौं: क्षेत्रीय संगठन बिमस्टेक (बे अफ बंगाल इनिसियटिभ्स फर मल्टी सेक्टरल, टेक्निकल एन्ड इकोनोमिक कोअपरेसन) का तीन बैठक आइतबारदेखि काठमाडौंमा सुरु हुँदैछन् ।

परराष्ट्र मन्त्रालयका अनुसार मंगलबार हुने बिमस्टेकका उच्च अधिकारीको १७ औं बैठक (सिनियर अफिसियल्स मिटिङ) अघि सहसचिवस्तरीय दुईवटा बैठक आयोजना हुन लागेका हुन् । सिनियर अफिसियल्स बैठकको अध्यक्षता परराष्ट्रसचिव शंकरदास बैरागीले गर्नेछन् । बैठकले बिमस्टेकको शिखर सम्मेलन तयारीबारे छलफल गर्नेछ । नेपाल अहिले बिमस्टेकको अध्यक्ष मुलुक हो । बिमस्टेकको शिखर सम्मेलन पनि नेपालले नै आयोजना गर्नुपर्नेछ । सन् २०१७ भित्र बिमस्टेक शिखर सम्मेलन आयोजना गर्ने भनिए पनि सरकारले त्यसका लागि ठोस मिति तय गर्न सकेको छैन ।

गत साता काठमाडौंस्थित कूटनीतिक समुदायसँगको भेटमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले बिमस्टेकको स्थापना दिवस पारेर आगामी जुन ६ मा बिमस्टेक शिखर सम्मेलन आयोजना गर्न सकिने बताएका थिए । आइतबार बस्ने बिमस्टेकको स्थायी सचिवालय स्थापनासम्बन्धी सहसचिवस्तरीय ज्वाइन्ट वर्किङ ग्रुपको बैठकमा बिमस्टेकको प्रशासनिक तथा आर्थिक विषयबारे छलफल हुने भएको छ । उक्त बैठकपछि सोमबार बिमस्टेक उच्च अधिकारीको १७ औं तयारी बैठकका लागि दोस्रो बैठक हुने भएको छ ।

उक्त बैठकले सन् २०१५ र २०१६ मा बिमस्टेकले गरेका कामको प्रगति समीक्षा प्रतिवेदन तयार गरी मंगलबार बस्ने बिमस्टेकका उच्च अधिकारीको १७ औं बैठकमा पेस गर्नेछ । आइतबार र सोमबार बस्ने बैठकको अध्यक्षता परराष्ट्रका सहसचिव मणिप्रसाद भट्टराईले गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.