‘संविधान कार्यान्वयन गर्न निर्वाचन अनिवार्य'

‘संविधान कार्यान्वयन गर्न निर्वाचन अनिवार्य'

काठमाडौः प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान कार्यान्वयनका लागि निर्वाचन अनिवार्य भएको बताएका छन् । उनले ६७ औं प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्चमा आयोजित विशेष कार्यक्रममा सम्बोधन गर्दै भने, ‘संविधान कार्यान्वयनका लागि निर्वाचन अनिवार्य छ । निर्वाचन गराउन सरकार सचेत र सजग छ ।'

प्रधानमन्त्री दाहालले संविधानसभाले डेढ वर्षअघि जारी गरेको संविधान कार्यान्वयन गर्न चुनाव अनिवार्य सर्त भएको बताए । ‘चुनावपछि राजनीतिक संक्रमणकालको अध्याय समाप्त हुनेमा सरकार विश्वस्त छ', उनले भने, ‘निर्वाचनपछि गठन हुने सरकारले बनाउने विकास योजना पनि उत्तिकै महत्ववपूर्ण हुन्छ र योजना गाउँसम्म पुर्‍याउन सक्छ ।' निर्वाचनका सबै राजनीतिक र कानुनी पक्ष टुंगो लागिसकेको भन्दै प्रधानमन्त्री दाहालले निर्वाचन आयोगलाई वैशाख अन्त्यसम्म निर्वाचन गराउने तयारी गर्न सरकारले पत्राचार गरिसकेको बताए ।

‘संविधानको भावनाअनुरूप संघीयतामार्फत सिंहदरबारका अधिकार, स्रोत र साधन प्रदेश र स्थानीय तहको माध्यमबाट जनताको घरदैलोसम्म पुर्‍याउनु मुख्य उद्देश्य हो', संविधान कार्यान्वयनमा संघीयता नै सबैभन्दा चुनौतीपूर्ण भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भने, ‘यसबाट पहिचानको चाहना पूरा हुने मात्र होइन, शासन व्यवस्था जवाफदेही हुने, अवसरबाट वञ्चित, पिछडा वर्ग र समुदायको राज्यमा पहुँच हुन्छ तथा राज्य प्रणालीप्रति जनताको वैधता र स्वीकार्यता बढ्छ ।'


निर्वाचनका सबै राजनीतिक र कानुनी पक्ष टुंगो लागिसकेको भन्दै प्रधानमन्त्री दाहालले निर्वाचन आयोगलाई वैशाख अन्त्यसम्म निर्वाचन गराउने तयारी गर्न सरकारले पत्राचार गरिसकेको बताए ।

संविधानले संघीयता, गणतन्त्र, धर्मनरिपेक्षता, समानुपातिक समावेशिताजस्ता नेपाली जनताका परिवर्तनका चाहना स्थापित गरेको छ भने मानव अधिकार, शक्तिपृथकीकरण, कानुनी शासनजस्ता लोकतन्त्रका आधारभूत मूल्य-मान्यता पनि आत्मसात् गरेको प्रधानमन्त्रीले दाबी गरे । राष्ट्रिय एकता सुदृढ बनाउन र देशलाई समृद्धि उन्मुख गराउन योगदान गर्न सबै राजनीतिक दल, राष्ट्रसेवक कर्मचारी, सबै सुरक्षा निकाय तथा सर्वसाधारणसँग उनले अनुरोध गरे ।

समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट ६७ औँ राष्ट्रिय प्रजातन्त्र दिवस २०७३ अंकित ब्यानर प्रदर्शन, पुष्पवृष्टि र बेलुन उडाइएको थियो । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री प्रचण्ड र प्रधानन्यायाधीश सुशीला कार्कीले शान्तिका प्रतीक परेवा उडाएका थिए । उक्त अवसरमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय खेलकुद परिषद्बाट विविध खेल प्रदर्शन गरिनुका साथै काठमाडौं महानगरपालिका, ललितपुर उपमहानगरपालिका, भक्तपुर नगरपालिका लगायतले झाँकी प्रदर्शन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.