देउवालाई सत्तामा जान हतार भएर चुनाव घोषणाः माधव नेपाल
पर्वतः नेकपा एमालेका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधबकुमार नेपालले काँग्रेस सभापति शेरबहादुर देउवालाई जेठमा सत्ताको नेतृत्व गर्न हतार भएका कारण वैशाख मसान्तमा चुनावको मिति घोषणा गर्न लगाइएको दावी गरेका छन् । साथै उनले वैशाख ३१ मा स्थानीय चुनाव हुने निश्चित नभएको बताएका छन् ।
पर्वत सदरमुकाम कुश्माबजारमा शुक्रवार साँझ आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता नेपालले सत्ताको नेतृत्व गरेका दलहरु विश्वासिला शक्ति नभएका कारण चुनाव भैहाल्छ भनेर ढुक्क हुन सकिने बातावरण बतातएका हुन् । नेता नेपालले प्रधानमन्त्री प्रचण्ड निर्वाचन नगरी लागेको सत्ता लम्ब्याउने खेलमा लागेको अरोप समेत लगाए
उनले आफ्ना कार्यकर्तालाई निर्देशन दिँदै भने ‘चुनाव हुनेमा केही आशंका छन् तर तपाईहरु कुनै शंका नगरी चुनावको तयारीमा लाग्नुहोस् हामी आशंकाको निवारण गर्नेछौ।’
एकातिर मधेशी दलको बिरोध अर्कोतर्फ माओवादी र काँग्रेसको धिमा गतिको तयारीका कारण चुनाव हुन नसक्ने नेता नेपालले दावी गरे ।
उनले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताब कुनैपनि हालतमा पास नहुने ठोकुवा गरेका छन् ।
संविधान संशोधन प्रस्ताव मुलुकको हितमा नरहेको बताउँदै नेता नेपालले एमालले कुनै पनि हालतमा पास हुन नदिने बताए । उनले स्वयं पुष्पकमल दाहालपनि संशोधन प्रस्ताव पास गराउने मनस्थितिमा नरहेको खुलासा गरे । मधेश केन्द्रित दललाई सहमतिमा ल्याउने प्रयास सफल हुन नसक्ने उनले बताए ।
संविधान संशोधन प्रस्ताव पास नभएसम्म स्थानिय चुनावमा सहभागि नहुने मधेशी दलको धम्कीप्रति काँग्रेस र माओवादीले खुट्टा कमाईरहेको बताए । चुनावमा सवै दल सहभागि हुनुपर्छ भन्ने छैन विदेशमा थोरै प्रतिशतले मात्र मतदान गरेपनि चुनाव हुन्छ तर नेपालमा किन गर्न नहुने उनले भने ।
उनले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताब कुनैपनि हालतमा पास नहुने ठोकुवा गरेका छन् । संविधान संशोधन प्रस्ताव मुलुकको हितमा नरहेको बताउँदै नेता नेपालले एमालले कुनै पनि हालतमा पास हुन नदिने बताए ।
नेकपा एमालेकै अडानका कारण राष्ट्रियता जोगिएको बताउँदै नेता नेपालले काँग्रेसभित्र स्पष्टता, देशभक्ति भावना र गतिलो नेतृत्व नभएको बताए । उनले माओवादी केन्द्र र नयाँ शक्ति जस्ता पार्टीको अब नेपालमा कुनै अस्तित्व नरहने बताए । ती पार्टीमा रहेका जिम्मेवार पदकै नेताहरु एमालेमा आउन तछाडमछाड गरिरहेको बताउँदै विस्तारै एमालेमा भित्रिने क्रम पनि बढ्दै गएको बताए ।