पूर्वराजा ज्ञानेन्द्रका समर्थकद्वारा दलका नेताविरुद्ध नाराबाजी

पूर्वराजा ज्ञानेन्द्रका समर्थकद्वारा दलका नेताविरुद्ध नाराबाजी

वीरगन्जः पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार वीरगन्ज आउँदा समर्थक र राजावादी संघसंगठनका कार्यकर्ताले राजनीतिक दलविरुद्ध चर्को नाराबाजी गरेका छन् । महाशिवरात्रिमा अलखिया मठलगायत मन्दिरमा पूजाआराधना गर्न दिउँसो वीरगन्ज आएका पूर्वराजाको स्वागतमा उनका समर्थक र हिन्दु राज्य पक्षधरले राजनीतिक दल र नेताविरुद्ध नाराबाजी गरेका हुन् ।

वीरगन्जस्थित घन्टाघरदेखि अलखिया मठसम्म सडकको दुवैतिर लाम लागेका राजाका समर्थकले ‘नेता चोर देश छोड’, ‘नेता सबै विदेशी दलाल हुन्’, ‘राजा ल्याऊँ देश बचाऊँ’, ‘राजा जनता एक हौं’, ‘राजा कसको जनताको’, ‘हाम्रा राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’, ‘राजारानी जिन्दावाद’ जस्ता नारा लगाएका थिए ।

पूर्वराजाको स्वागत कांग्रेस, एमाले, मधेसी दलका जिल्लास्तरीय नेता र कार्यकर्ताले पुष्पगुच्छाले गरेका थिए । तीमध्ये केही नेताले पूर्वराजाको खुट्टामा ढोगेका थिए । नाराबाजी गरेका स्वागतकर्ता र समर्थकलाई पूर्वराजाले चोकचोकमा हात हल्लाउँदै अभिवादन पनि गरेका थिए ।बारास्थित सिमराबाट बा ४ च ३८०७ नम्बरको गाडीमा शुक्रबार दिउँसो करिब साढे चार बजे वीरगन्जस्थित अलखिया मठ आएका पूर्वराजाले करिब २० मिनेट पूजाआराधना गरेका थिए । त्यसपछि उनी माईस्थान चोकस्थित गहवामाई मन्दिर पुगेका थिए। गहवामाई मन्दिरमा पनि करिब १५ मिनेट पूजापाठ गरेपछि त्यहाँबाट उनी गाडी हाँकेर सिमरा फर्किएका थिए ।

स्थानीय प्रशासनले पूर्वराजाको भ्रमणका कारण वीरगन्जमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको थियो । सहरभर नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ थिए । पूर्वराजाको स्वागतमा सहभागी हुन बारा, रौतहट, मकवानपुर र सीमावर्ती भारतको रक्सौलबाट उनका समर्थक वीरगन्ज आएका थिए।पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा करिब पाँच हजार मानिस सहभागी भएको दाबी नेपाल राष्ट्रवाद संघका अध्यक्ष जनकलाल साहले गरे ।

पूर्वरानी कोमल शाहको जन्मोत्सव मनाउन ५ फागुनमा सिमरा आएका पूर्वराजा ज्ञानेन्द्र फागुन ७ गते चितवन गएका थिए । चितवनमा पूर्वरानी कोमलको जन्मोत्सव मनाएर दुवैजना १० फागुनमा फेरि सिमरा फर्किएका थिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.