वर्षमान पुन अस्पतालबाट डिस्चार्ज, फागुन २६ मा स्वदेश फर्किने
काठमाडौंः नेकपा (माओवादी केन्द)का नेता एवं पूर्व अर्थमन्त्री वर्षमान पुन अनन्त अस्पतालबाट डिस्चार्ज भएका छन्। स्वास्थ्य उपचारका लागि थाइल्याण्डको समितिभेज अस्पतालमा भर्ना भएका नेता पुन आइतबार डिस्चार्ज भएका हुन्। पुनकी धर्मपत्नी एवं सभामुख ओनसरी घर्ती मगरले श्रीमानको स्वास्थ्य लाभपछि अस्पतालबाट डिस्चार्ज गरिएको ट्वीटरमा ट्वीट गरेकी छिन्।
उनले फागुन २६ गते नेपाल फर्किने पनि जानकारी दिएकी छिन्।
मा.के.सचिव, मेरा श्रीमान बर्षमान पुन `अनन्त´ काे स्वास्थ्यलाभ भएपछि अाजै समितिभेज अस्पतालवाट डिस्चार्ज हुनुभयाे,२६ गते नेपाल फर्कदैछाैं।
— Onasari Gharti (@SpeakerofNepal) March 5, 2017