सप्तरी जान अर्घाखाँचीबाट विदा भए प्रजिअ कटवाल

सप्तरी जान अर्घाखाँचीबाट विदा भए प्रजिअ कटवाल

सन्धीखर्क : सरकारले सप्तरी घटनालाई साम्य पार्न योग्य ठानेर सरुवा गरेसँगै अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवाललाई कर्मचारी मिलन केन्द्रले बिदाइ गरेको छ।

कटुवाल गत असोज ६ गते प्रजिअको रुपमा अर्घाखाँची आएका थिए । बिदाइ कार्यक्रममा बोल्दै कटुवालले भने, ‘अर्घाखाँची आएको ४ महिना भयो तर ४ दिन मात्रै बिते जस्तो लागिरहेको छ, यसै जिल्लाको स्थानीय निर्वाचन गराउने धोको थियो, विशेष परिस्थितिकाले गर्दा सप्तरी जानुपर्ने भयो ।’

प्रजिअ कटवालले सप्तरी गएपनि अर्घाखाँची जिल्लालाई नभुल्ने बताए । कटवालको बिदाइ कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति विष्णुप्रसाद खनाल, एमालेका जिल्ला उपाध्यक्ष जिवनारायण कोइराला, माओवादी केन्द्रका जिल्ला संयोजक ठाकुरकुमार विक उपस्थित भएका थिए ।

त्यसैगरी जनमोर्चाका जिल्ला सचिव गोपाल पौडेल, पत्रकार महासंघका अध्यक्ष हिमबहादुर जिसी लेकाली, उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठलगायत उपस्थित थिए।

अर्घाखाँची जिल्लामा रहुन्जेल कटवालले पुर्याएको योगदानप्रति उपस्थित सबैले आभार प्रकट गर्दै सप्तरीको बसाइ र कार्यकालको सफलताको शुभकामना दिए।

कटवालले जिल्लामा रहुन्जेल सहयोग गर्नुे राजनीतिक दल, जिल्लाका सबै कार्यालय, नागरिक समाज, पत्रकारलाई धन्यवाद दिए । कटवाललाई मंगलबार सरकारले सप्तरी सरुवा गर्ने निर्णय गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.