मन्त्रिपरिषद् विस्तारको तयारी, कमल थापा उपप्रधानमन्त्री

मन्त्रिपरिषद् विस्तारको तयारी, कमल थापा उपप्रधानमन्त्री

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन्। प्रधानमन्त्री प्रचण्डले राप्रपाका दुई मन्त्रीलाई बिहीबार सरकारमा सहभागी गराउन लागेका हुन्।

प्रधानमन्त्रीले राप्रपा अध्यक्ष कमल थापालाई उपप्रधान एवं स्थानीय विकास मन्त्री र दिलनाथ गिरीलाई पर्यटन, नागरिक तथा उड्डयन मन्त्रीको जिम्मेवारी दिन लागेका हुन्। प्रधानमन्त्री प्रचण्डले नेकपा माओवादी केन्द्रको सिफारिसमा मन्त्री बनेका हितराज पाण्डेले सम्हालेको स्थानीय विकास मन्त्रालयको जिम्मेवारी थापालाई दिन लागिएको हो।

थापालाई उपप्रधान एवं स्थानीय विकास मन्त्रीको जिम्मेवारी दिएर पाण्डेलाई सरकारबाट फिर्ता नबोलाएर अरु कुनै मन्त्रालयको जिम्मेवारी दिने तयारी प्रधानमन्त्री प्रचण्डको रहेको बुझिएको छ।

कांग्रेसबाट पर्यटन, नागरिक तथा उड्डयन मन्त्री बनेका जीवनबहादुर शाहीलाई सरकारबाट फिर्ता बोलाएर उनले सम्हालेको मन्त्रालयको जिम्मेवारी राप्रपाका नेता गिरीलाई दिन लागिएको हो।

नवनियुक्त मन्त्रीहरुलाई बिहीबार साँझ साढे ६ बजे राष्ट्रपति निवास शीतल निवासमा सपथ खुवाउने कार्यक्रम रहेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.