एमालेको अभियान हेटौंडाबाट पुनः सुरु हुँदै

एमालेको अभियान हेटौंडाबाट पुनः सुरु हुँदै

हेटौँडा: सप्तरी घटनापछि स्थगित भएको नेकपा एमालेको मेची-महाकाली अभियान शुक्रबारदेखि हेटौँडाबाट सुरु हुँदैछ । सप्तरीको राजविराजमा प्रहरीको गोलीबाट मोर्चाका कार्यकर्ता मारिएपछि तीन दिनका लागि स्थगित गरिएको अभियान हेडौँडाबाट सुरु गर्न लागिएको एमाले मकवानपुरले जनाएको छ ।

सभामा सहभागी हुन करिब एक हजार अभियान टोली सदस्य बिहीबार साँझसम्म हेटौँडा आईसकेको एमाले मकवानपुरका प्रचार बिभाग प्रमुख एकलाल श्रेष्ठले बताए । उच्च सुरक्षा सतर्कता सहित अभियान सुचारु गर्न
गर्न लागिएको हो ।


उच्च सुरक्षामा रहनुपर्ने नेता बाहेक सबै नेता, कार्यकर्तालाई जनताको घरमा राखिने ब्यवस्था गरेको श्रेष्ठले जानकारी दिए । पार्टीका नेता कार्यकर्तालाई जनतको घरमा राख्दा पार्टी र जनताको सम्बन्ध सुमधुर हुने दावी गर्दै अभियान प्रचार प्रसारको लागि पर्चा, पम्प्लेट, घरदैलो अभियान गरिएको श्रेष्ठले जानकारी गराए ।

हेटौँडाको भुटनदेवी उच्च माविको चौरमा हुने जनसभामा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका उच्च नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । सप्तरी घटनापछि हेटौँडाबाट सुरु हुन लागेकोे एमाले अभियान शान्तिपूर्ण ढंगले सफल पार्न एमालेले करीब दुई हजार स्वयं सेवक परिचालन गर्ने तयारी गरेको एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देलले बताईन् ।

जनसभा कार्यक्रमलाई शान्तिपूर्ण बनाउन करिब सातसय प्रहरी परिचालन गरिने मकवानपुर प्रहरी प्रमुख एसपी बसन्तकुमार लामाले जानकारी दिए । जनसभामा छिमेकी जिल्लासमेत गरी २० हजार सहभागी हुने एमाले मकवानपुरको दावी छ । टोली २८ गते बिहान हेटौँडाबाट चितवनतर्फ लाग्ने कार्यक्रम रहेको छ ।

पूर्व निर्धारित कार्यक्रम अनुसार गत फागुन २३ गते राजबिराजपछि कञ्चनपुरमा सभा गर्ने एमालेको तयारी थियो । पूर्व निर्धारित कार्यक्रम अनुसार गोलबजार, जनकपुर, बर्दिबास, हरिपुर, गरुडा, चन्द्रनिगाहपुर र जितपुरको सभा स्थगित गरी आज हेटौँडाबाट अभियान पुनः सुरु गर्न लागेको हो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.