सद्भावपूर्ण बनाऔं होली

 सद्भावपूर्ण बनाऔं होली

यस वर्ष पहाडी भेगमा फागुन २९ र तराई भेगमा फागुन ३० गते फागु मनाइँदै छ । फागुको अवसरमा नेपाल प्रहरी अनुरोध गर्दछ- महिला, बालबालिकालगायत बाटामा हिँड्ने वटुवालाई दुःख, हैरानी तथा कष्ट नदिनु होला । अर्काको इच्छाविपरीत जबर्जस्ती रङ दल्ने, प्लास्टिकजन्य लोला हान्ने र फोहोर छ्याप्ने कार्यमा संलग्नलाई तत्कालै पक्राउ गर्न एक हजार सुरक्षाकर्मी प्रहरी परिचालन गरेको र फागुको दिन एक सय सात स्थानमा सुरक्षा प्रहरी खटाइँदैछ ।

त्यस्तै मादक पदार्थ प्रयोग गरी होहल्ला गर्ने, हेल्मेट नलगाई मोटरसाइकल चलाउने र कडा किसिमका रङ खेल्नेलाई समेत पक्राउ गरिने भएकाले यस्तो काम नगर्न-नगराउन र वातावरण तथा जनस्वास्थ्यमा प्रतिकुल असर पार्ने पदार्थ आयात, बिक्री वितरण नगर्नसमेत सबैलाई सचेत गराइएको छ ।रङको वा रंगीन पर्व भनेर चिनिने होली हिन्दुहरूको लागि मात्र नभएर सामाजिक सद्भाव बढाउन हरेक धर्म, जात, तहमा महत्ववपूर्ण स्थान ओगट्दै छ । जाडोमा हुने कम सरसफाइ र नुवाइधुवाइपछि छाला र शरीर सफा गर्न होली पर्व आउँछ ।

यसको धार्मिक तथा सामाजिक महत्वव अनगिन्ती छन् । सत्ययुगमा विष्णुभक्त प्रल्हाद मार्नको लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि सफल नभएपछि आगोबाट नजल्ने वरदान पाएकी बहिनी होलिकालाई प्रल्हाद काखमा लिएर आगोमा बस्न लगाउँदा भक्त प्रल्हादलाई केही नभएको तर होलिका जलेर नष्ट भई असत्यमाथि सत्यको विजय तथा शक्तिको दुरुपयोग गर्नेको विनाश भएको संकेतमा होली पर्व मनाइन्छ । रङहरूका आआफ्नै गुण, धर्म र विशेषताहरू हुन्छन् । रङले मानिसलाई शारीरिक, मानसिक तथा भावनात्मक रूपमा प्रभाव पार्ने भएकाले प्राचीनकालदेखि चिकित्साको रूपमा सदुपयोग गरिँदै आएको पनि छ ।

स्वास्थ्य समस्या

प्राचीन वा प्राकृतिक कालमा फूल र रुखबाट प्राप्त रङ प्रयोग हुन्थ्यो र शरीरलाई हानि गर्दैनथ्यो । हाल कृत्रिम रङ र मिसावटको बोलवाला छ । रसायन मिसाइएका ररुप फोक्सो, छाला, आँखा, नाक, कान, घाँटी, कपालको लागि हानिकारक हुन्छन् । औंलामा थुक लगाएर पाना फर्काउने बानीले रंगमा हुने साइनाइड तत्वव पनि मुखमा पर्न जान्छ र विषालु हुन्छ । लिप लाइनर, लिप स्टिक, आइलाइनर, हेअर डाइ र कस्मेटिक कलरमा भएका रङको असर विस्तारै देखिन्छ भने होलिका रङले भने त्यही वा अर्को दिन । त्यस्तै होलीमा लोला प्रहारले आँखामा दृष्टि गुम्ने, कानको पर्दा च्यातिने, संक्रमण हुने, छालाको माथिल्लो तहमा क्षति पुग्ने र कान तथा संवेदनशील अंगहरूमा लाग्दा घाइते, बेहोस र मृत्यु पनि हुन सक्छ ।

होलीलाई सद्भावपूर्ण बनाउने र मीठो, मसिनो खाएर मनाउने परम्परा नतोडी विकृतिरहित बनाउन हामी सबैको भूमिका अपरिहार्य छ ।

रङमा माइका, अभ्रक,बालुवा, खुर्सानी तथा अखाद्य रङ र वस्तु मिसाइँदा रङ दिनप्रतिदिन खतरा र हानिकारक भइरहेका छन् । रङ धेरै दल्दा सुन्दरतामा असर पर्छ । त्यसैमा रसायन मिसिएका रङमा हुने हानिकारक तत्ववहरूले विभिन्न छाला, आँखा सम्बन्धित अल्पकालीन तथा दीर्घकालीन समस्या र रोगहरू लाग्न सक्छ । छाला शरीरको भएकाले बाहिरी रसायनलाई रगतमा जानबाट रोक्छ । तसर्थ छालामा घाउ भएकाहरूले होली नखेल्दा राम्रो हुन्छ ।

रोकथाम

होली खेल्नुअघि अनुहार र हातमा तेल, मोइस्चराइजर र फाउन्डेसन लगाउनुपर्छ । नङमा गाढा पालिस लगाउनुपर्छ । कपालमा तेल लगाउनुपर्छ । आँखा बचाउन टाइटफिट चस्मा लगाउन सकिन्छ । चिल्लो र म्वास्चराइजर क्रिमको प्रयोग, औषधी भएको, खस्रो, साबुन प्रयोग नगर्ने, ग्लेसेरिन भएको साबुन प्रयोग, तोरी र सस्र्युको तेलको सट्टा नरिवलको तेल प्रयोग गर्नुपर्दछ । छाला बारम्बार साबुनले नधुने गर्नुपर्छ किनभने धोएमा छाला पोल्छ । छाला र अनुहारको रङ हटाउन रुवा, कपासको सहयोगले नरिवल तेल लगाउनुपर्छ ।

यस्तो बेलामा चिसोपानी मात्रै प्रयोग गर्ने र नुहाएपछि मोइस्चराइजर लगाउनुपर्छ । गोरा र सेन्सिटिभलाई घामबाट हुने फोटो डर्माटाइटिसबाट जोगाउन सनक्रिम प्रयोग गर्नुपर्छ । आँखामा रङ पस्दा माड्दा घाउ, अल्सर, कोर्नियामा क्षति हुन्छ । तसर्थ नमाडी सफा पानीले पखालेको पखाल्यै गर्नुपर्छ । यति गर्दा पनि आँखा बिझाउन, पोल्न छोड्दैन, रातोपना बढ्दै जान्छ वा दृष्टिपना कम हुँदै गए नेत्र चिकित्सकलाई देखाइहाल्नुपर्छ । त्यस्तै ज्वरो आए, श्वास फेर्न गाह्रो भए, छाती दुखे वा कस्सिएजस्तो भए रङ फोक्सोमा पुगेको र संक्रमण हुन सक्ने भएकाले तुरुन्त चिकित्सकसँग सल्लाह लिनुपर्दछ । मोबिल र इनामेल हटाउन टरपेन्टाइन तेल प्रयोग गर्नुपर्छ ।

जसरी धर्म, जीवन शैली र चालचलनमा विकृति भित्रिँदै छ, त्यसैगरी मिसावट पनि । मिसावट र विकृतिले सम्पूर्ण स्वास्थ्य प्रणालीलाई तहसनहस पार्दै मृत्युशड्ढयामा पुर्‍याइरहेछ । तसर्थ होलीलाई सौहार्द, सद्भावपूर्ण बनाउने, खुसी साट्ने, शुभकामना आदानप्रदान गर्ने र मीठो, मसिनो खाएर मनाउने परम्परालाई नतोडी विकृतिरहित बनाउन प्रहरी प्रशासन मात्र नभई नागरिक समाजलगायतका हामी सबैको भूमिका अपरिहार्य छ ।



प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.