असी प्रतिशत मतदाता अशिक्षितः प्रमुख निर्वाचन आयुक्त

असी प्रतिशत मतदाता अशिक्षितः प्रमुख निर्वाचन आयुक्त

काठमाडौंः प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचन शिक्षाका हिसाबले नेपालमा ८० प्रतिशत मतदाता अशिक्षित रहेकाले मतदाता शिक्षालाई अभियानकै रुपमा लगिने बताएका छन् ।

प्रमुख आयुक्त यादवले आयोगले मतदाता शिक्षालाई उच्च प्राथमितामा राखेर हरेक मतदान केन्द्रमा कम्तीमा तीनजना मतदाता शिक्षा कार्यकर्ता वा मतदाता शिक्षा स्वयंसेवक परिचलान गरिने जानकारी दिए ।

आयोगले स्थानीय तह निर्वाचनका लागि मङ्गलबारबाट सुरु गरेको दुई दिने मतदाता शिक्षा कार्यक्रमको 'मुख्य प्रशिक्षक प्रशिक्षण' कार्यक्रमलाई सम्बोधन गर्दै यादवले भने, 'स्थानीय निर्वाचनमा अनुगमनलाई कडाइ गरिने छ, दलका लागि मात्र होइन मतदाता शिक्षा कार्यक्रममा खटिएका आयोगका कर्मचारी पनि अनुगमनमा पर्ने छन् ।'

आयोगका सचिव गोपीनाथ मैनालीले नयाँ संवैधानिक व्यवस्था अनुसार स्थानीय निर्वाचन गुर्न निकै जटिल कार्य भएकाले करिब एक करोड ४० लाख मतदातालाई मतदाता शिक्षा दिने कार्य चुनौतीपूर्ण रहेको बताए ।


आयोगका सहसचिव नवराज ढकालले मतदाता शिक्षा कार्यकर्ता र स्वयम सेवक खटाउँदा सकेसम्म समावेशी हिसाबले खटाइने जानकारी दिए । दुई दिनसम्म चल्ने मुख्य प्रशिक्षक प्रशिक्षण कार्यक्रममा ३० जना सहभागी छन् । मुख्य प्रशिक्षकहरुले क्षेत्रमा, क्षेत्रीय प्रशिक्षकले जिल्लामा र जिल्लाका प्रशिक्षकले मतदान केन्द्रलाई लक्षित गरी प्रशिक्षण दिने छन् ।

मतदाता शिक्षा मुख्य प्रशिक्षक कार्यक्रममा निर्वाचन आयुक्तहरु नरेन्द्र दाहाल, ईश्वरी पौड्याल, सुधीरकुमार शाह तथा आयोगका कर्मचारी तथा निर्वाचनमा सहयोग गर्दै आएका गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति थियो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.