पहाड र तराईलाई छुट्याउने षड्यन्त्र हुँदैछः ओली

पहाड र तराईलाई छुट्याउने षड्यन्त्र हुँदैछः ओली

धनगढीः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनको नाममा तराई र पहाडलाई छुट्याउने षड्यन्त्र भइरहेको आरोप लगाएका छन्।

मेची महाकाली अभियान अन्तर्गत कैलालीको धनगढीमा बिहीबार आयोजित सभालाई सम्बोधन गर्दै ओलीले भने,‘संविधान संशोधनमार्फत सीमांकन परिवर्तन गरेर पहाड र तराईलाई अलग गर्ने षड्यन्त्र भइरहेको छ। संविधान संशोधन अहिले किन आवश्यक भयो?’

उनले संविधान संशोधन नगरी चुनाव हुन सक्दैन भनेर भन्नु तर्कसंगत नभएको बताए। उनले संविधान संशोधनको निर्वाचन गर्ने कुरासँग कुनै सम्बन्ध नरहेको बताए। उनले भने,‘संविधान संशोधन नभईँ निर्वाचन हुन सक्दैन भनेर भनिएको छ। निर्वाचन र संविधान संशोधनको कुनै साइनो छैन।’

उनले निर्वाचन हुन नदिन संविधान संशोधनको नाटक मञ्चन गरिएको समेत आरोप लगाए। ओलीले मुलुकलाई अघि बढ्न नदिने षड्यन्त्र पनि भइरहेको बताए। उनले भने,‘एमालेको मेची महाकाली अभियान किन आवश्यक पर्यो। जहाँ–जहाँ एमालेको सभा हुन्छ त्यहाँ–त्यहाँ किन बन्द गरियो? अब अल्मलिनु पर्ने छैन। कुन पार्टी कस्तो भन्ने यहाँहरुले थाहा पाइसक्नु भएको छ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.