सहिद गौतमका परिवारलाई एमालेले ५ लाख रुपैयाँ दियो

सहिद गौतमका परिवारलाई एमालेले ५ लाख रुपैयाँ दियो

भीमदत्तनगर: भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले गोली हानी हत्या गरेका कञ्चनपुर पुर्नवास नगरपालिका-८ का गोविन्द गौतमका परिवारलाई राहत स्वरुप एमालेले पाँच लाख रुपैयाँ दिएको छ।

बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीले सहिद गौतमका परिवारलाई राहत स्वरुप पाँच लाख रुपैयाँँको चेक र छोराछोरीका लागि दुईवटा ल्यापटप हस्तान्तरण गरेका हुन्। उक्त राहत रकम एमाले कञ्चनपुर अध्यक्ष तारामान लामाले पीडित परिवारलाई हस्तान्तरण गर्नेछन्।

एमालेको मेची महाकाली अभियान अन्तर्गत कञ्चनपुरको भीमदत्तनगरमा आयोजित सभामै एमाले अध्यक्ष ओलीले सहिद गौतमका परिवारका लागि भन्दै कञ्चनपुर अध्यक्ष लामालाई पार्टीका तर्फबाट उक्त राहत रकम हस्तान्तरण गरेका थिए।

कञ्चनपुरको पुर्नवास नगरपालिका–८ आनन्द बजार नजिकै निर्माण गरिएको कल्भर्टको विषयलाई लिएर विवाद चर्किएपछि भारतीय सीमा सुरक्षा बल एसएसबीले चलाएको गोली लागेर पुर्नवास नगरपालिका–८ का गोविन्द गौतमको मृत्यु भएको थियो।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.