ईजिपी बैठक फेरी स्थगित

ईजिपी बैठक फेरी स्थगित

काठमाडौः नेपाल-भारत सम्बन्धको बृहत समीक्षका लागि गठित ईपिजी(प्रबुद्व व्यक्ति समूह) को तेस्रो बैठक निर्धारित समयभन्दा ४८ घण्टा पहिला स्थगित भएको छ । भारतको उत्तराखण्डमा सरकार नेतृत्वका आंकक्षीसमेत रहेका ईपिजीका भारत संयोजक भगतसिंह कोशियारी उपस्थित हुन नसक्ने भएपछि बैठक स्थगित भएको हो ।

बैठकको स्थान र मितिसमेत तय भइसकेको अवस्थामा कोशियारी उपस्थित नहुने भएपछि बैठक सार्नुपरेको ईपिजी नेपाल सचिवालयका कार्यकारी निर्देशक यादव खनालले अन्नपूर्णलाई बताए । कुनै पक्षको संयोजकको अनुपस्थितिमा बैठक आयोजना गर्नु उपयुक्त नहुने हुँदा दुवै पक्ष यो बैठक अर्को मितिमा आयोजना गर्न सहमत भएका छन् ।

नेपालतर्फका ईपिजी संयोजक डा भेगबहादुर थापाका अनुसार आउँदो अप्रिल दोस्रो हप्तामा बैठक हुने संभावना छ । कोशियारीको उत्तराखण्डमा मुख्य मन्त्रीमा चयन हुने संभावना देखिदैँन् । भारतीय जनता पार्टीका उपाध्यक्षसमेत रहेका कोशियारी भोलि शनिबार हुने उत्तरखाण्डका मुख्य मन्त्रीको देहरादुनमा हुने सपद ग्रहण समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उपस्थित हुने भएकाले आफू उपस्थित हुनुपर्ने कोशियारीले बताउँदै बैठकमा आउन नसक्ने जनाएका हुन् ।

तेस्रो बैठक काठमाडौंमा आयोजना हुने भनिए पनि डिसेम्बरको अन्तिम साता भारतीय पक्षकै कारण स्थगित भएको थियो । त्यतिबेला पनि कोशियारीले आफू उत्तराखण्डको चुनावममा व्यस्त हुनुपर्ने कारण देखाएपछि बैठक स्थगन भएको थियो ।पहिलो बैठक काठमाडौं र दोस्रो बैठक नयाँ दिल्लीमा भइसकेको छ। अब तेस्रो बैठक नेपालले आयोजना गर्नुपर्ने हुन्छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.