घिमिरेद्वारा रुसी राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र पेश
काठमाडौंः रुसका लागि नेपाली राजदूत ऋषिराम घिमिरेले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेश गरेका छन्।
क्रेमलिन प्यालेसमा आयोजित बिशेष समारोहमा राजदूत घिमिरेले शुक्रबार ओहदाको प्रमाणपत्र बुझाएका हुन्। सो अवसरमा राजदूत घिमिरेले पुटीन र रुसी जनतालाई राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालको सन्देश सुनाएका थिए।
राष्ट्रपति पुटीनले घिमिरेलाई कार्यकाल सफलताको कामना गर्दै नेपाल र रुसबीचको विद्यमान सम्बन्धप्रति खुशी ब्यक्त गरेका थिए।