कांग्रेस केन्द्रीय समिति बैठक चैत १० मा बस्ने

कांग्रेस केन्द्रीय समिति बैठक चैत १० मा बस्ने

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक चैत १० गते बिहान ८ः३० बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ।

बैठकमा संविधान संशोधन, आशन्न स्थानीय तहको निर्वाचनमा पार्टीको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

पार्टीको महाधिवेशन भएको एक वर्षसम्म पनि पदाधिकारी, बाँकी सदस्य मनोनयन र विभाग गठन नभएकामा नेतृत्वको आलोचना हुँदै आएको छ । पार्टीले आजै एक विज्ञप्तिमार्फत कांग्रेस स्याङ्जाका पूर्वमहाधिवेशन प्रतिनिधि मोहनीप्रसाद पौडेलको निधनप्रति दुःख व्यक्त गरेको छ । स्व पौडेल ब्रेन ट्युमरको समस्याबाट पीडित थिए।

कांग्रेस जिल्ला कार्यसमिति स्याङ्जाको पूर्वसदस्यसमेत रहेका पौडेलले नेपाली कांग्रेसको सङ्गठन विस्तार तथा नेपालमा लोकतन्त्र स्थापना र पुनःस्थापनामा सक्रिय भूमिका निर्वाह गरेका थिए । रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.