राजतन्त्र र हिन्दु राष्ट्र हटाएको विरोधमा राप्रपाले गर्यो आन्दोलनको घोषणा

राजतन्त्र र हिन्दु राष्ट्र हटाएको विरोधमा राप्रपाले गर्यो आन्दोलनको घोषणा

काठमाडौं : निर्वाचन आयोगले पार्टीको विधानबाट राजतन्त्र र हिन्दु राष्ट्र हटाएको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आन्दोलनको घोषणा गरेको छ।

संविधानका कतिपय विषयवस्तुमा फरक मत राख्दै नेपालको संविनधान २०७२ स्वीकार गर्दै कार्यान्वयनमा प्रतिबद्ध रहेको पार्टीको विधानमा उल्लेख भएको ‘राजतन्त्रसहितको प्रजातन्त्र र हिन्दु राष्ट्र’ हटाएको विरोधमा राप्रपाले आन्दोलनको घोषणा गरेको हो।

निर्वाचन आयोगको कदमप्रति आपत्ति जनाउदै राप्रपाले शनिबार विज्ञप्तिमार्फत् आन्दोलनको घोषणा गरेको हो। प्रवक्ता रोशन कार्कीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रस्तावना र उदेश्यमा उल्लेखित मुलभूत मान्यतालाई हटाएर पार्टीको विधान परिवर्तन गर्ने गरी निर्वाचन आयोगले २०७३ चैत ४ गते गरेको निर्णय आपत्तिजनक एवम् संविधानको मर्म र भावना विपरित रहेको राप्रपाको ठहर छ।’

निर्वाचन आयोगको कदम स्वीकार्य हुनै नसक्ने समेत राप्रपाले बताएको छ। ‘पार्टीको मूलभूत मान्यतालाई नै निषेध गर्ने उक्त निर्णय राप्रपा स्विकार गर्दैन’, विज्ञप्तिमा भनिएको छ, ‘सो निर्णयबारे पुनर्विचार गर्न राप्रपा निर्वाचन आयोगसँग आग्रह गर्दछ।’

राप्रपाले निर्वाचन आयोगको यो निर्णयले आगामी स्थानीय तह चुनावको वातावरण धमिलिन सक्ने समेत चिन्ता व्यक्त गरेको छ।

राप्रपाले सार्वजनिक गरेका आन्दोलन
-निर्णय पुनर्विचारको निमित्त आग्रह गर्दै सम्पूर्ण जिल्ला सदरमुकाममा चैत ७ गते जुलुससहित गएर जिल्ला निर्वाचन कार्यालय समक्ष ज्ञापनपत्र बुझाउने र एक घण्टा निर्वाचन कार्यालय अगाडि धर्ना दिने,

-काठमाडौंमा निर्वाचन आयोगको कार्यालय बहादुर भवन अगाडि एक घण्टा धर्ना दिने र आयोग समक्ष ज्ञापनपत्र बुझाउने,
-सो निर्णयबाट पार्टीको संबैधानिक हक खोसिएको वारे कानुनी उपचार खोज्ने,

-चैतको तेस्रो हप्ताबाट हिन्दु राष्ट्र पुनस्र्थापनाको माग राखेर देशव्यापी शान्तिपूर्ण सडक संघर्ष गर्ने र

-धर्मनिरपेक्षताको खारेजी र हिन्दु राष्ट्र पुनस्र्थापनाको लागि तत्काल संसदमा संविधान संशोधन प्रस्ताव पेश गर्ने तथा सदनमा सशक्त रुपमा आवाज उठाउने।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.