प्रधानमन्त्रीको चीन भ्रमणको कार्यतालिकामा हेरफेर गरिँदै

प्रधानमन्त्रीको चीन भ्रमणको कार्यतालिकामा हेरफेर गरिँदै

काठमाडौः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको एक साता लामो चीन भ्रमणको कार्यतालिका हेरफेर भइरहेको छ । राष्ट्रपति सी जिनपिङसँगको भेटलाई सहज हुने गरी प्रधानमन्त्री कार्यालय,परराष्ट्र मन्त्रालय,बइजिङस्थित नेपाली राजदूतावास र काठमाडौस्थित चिनिया राजदूतावासले भ्रमणको कार्यतालिकाको अन्तिम गृहकार्य गरिहेका छन् ।

प्रधानमन्त्री प्रचण्डका परराष्ट्र मामिला सल्लाहकार डा ऋषि अधिकारीका अनुसार भ्रमणको कार्यतालिकालाई आइतवार अन्तिम रुप दिइदैछ । ‘बिभिन्न चरणमा छलफल गरी गृहकार्य भइरहको छ आज अन्तिम रुप दिइदैछ’ अधिकारीले अन्नपूर्णसँग भने । प्रधानमन्त्री प्रचण्डका पे्रस सल्लाहकार गोविन्द आचार्यका अनुसार भ्रमणको कार्यतालिका र प्रतिनिधिमण्डलको आइतवार अन्तिम गृहकार्य गरी सोमबारको मन्त्रिपरिषदले पारित गर्नेछ ।

भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित परराष्टमन्त्री प्रकाशशरण महत,परराष्टमन्त्रालयका करीव पाँच जना अधिकारीहरु,बेइजिस्थित नेपाली राजदूत लिलामणि पौडयाल,प्रेस सल्लाहकार गोविन्द आचार्य,प्रधानमन्त्रीका सुरक्षा अधिकारी,सरकारी सञ्चारमाध्यमका प्रतिनिधि सहभागी हुनेछन । स्रोतका अनुसार चिनिया पक्षले ११ जनाको प्रतिनिधिमण्डल बनाउन सुझाव पेश पेश गरेको छ भने प्रधानमन्त्री प्रचण्डले भने प्रतिनिधिमण्डल १५ जनासम्मको हुन सक्ने जनाउ चिनिया पक्षलाई गराएका छन ।

काठमाडौस्थित चिनिया दुतावास,प्रधानमन्त्री प्रचण्ड र परराष्ट मन्त्रालयका अधिकारीहरु वीच शुक्रबार र शनिवार पटक पटक औपचारिक तथा अनौपचारिक भेटवार्ता भएका छन । प्रधानमन्त्री प्रचण्डको भ्रमण कार्यतालिकामा पनि हेरफेरको प्रस्ताव गरिएको छ ।

चैत १० गते राती वा चैत ११ गते बिहान काठमाडौबाट बोआओका लागि प्रस्थान गर्ने, १२ गते बोआओ फोरमलाई सम्बोधन गर्ने,१३ गते बोआओबाट बेइजिङ प्रस्थान गर्ने,१४ गते राष्ट्रपति सीसँग भेटवार्ता गर्ने, सोही दिन बेइजिङमा चिनिया लगानीकर्तासँगको अन्तरक्रियामा सहभागी हुने र बेइजिङस्थित चिनिया राजदूतावासले आयोजना गर्ने कार्यक्रममा सहभगाी हुने र चैत १५ गते ल्हासा आएर बस्ने र चैत १६ गते काठमाडौ फर्कने गरी कार्यतालिका बनाउन लागिएको प्रधानमन्त्री प्रचण्डको नीजि सचिवालयले जनाएको छ ।

यसअघि प्रधानमन्त्री प्रचण्ड काठमाडौबाट बेइजिङ पुगेर राष्टपति सीसँग भेटवार्ता गरी बोआओ फोरममा सहभागी हुने गरी कार्यतालिका प्रस्ताव गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.