निर्वाचन नभए संविधान असफल: थापा

 निर्वाचन नभए संविधान असफल: थापा

ललितपुरः स्वास्थ्यमन्त्री गगन थापाले स्थानीय निकायको निर्वाचन नभए संविधान असफल हुने बताएका छन्।

ललितपुरमा आइतबार राष्ट्रिय दलित आयोगको १५ औं साधारण सभाको उद्घाटन गर्दै मन्त्री थापाले भने,‘स्थानीय निर्वाचन नभए संविधान जोगिन्न। संविधान नजोगिए देश संकटमा फस्छ। त्यसैले निर्वाचन जसरी पनि हुनुपर्छ।’

संविधान आफैमा जीवन्त नभएको बताउँदै कांग्रेस युवा नेता थापाले भने,‘संविधान संशोधन गर्नै हुन्न भन्ने होइन। आवश्यकता अनुसार संशोधन गर्न मिल्छ।’

उनले निर्वाचनको विपक्षमा कोही पनि उभिन नहुने बताए। उनले भने,‘लोकतन्त्रभित्र विकल्प खोज्ने हो तर लोकतन्त्र नै समाप्त पार्न खोज्ने होइन।’ उनले मुलुकको हितका लागि भएपनि कडा कानून बनाउनु पर्ने बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.