रोनाल्डोको कीर्तिमानमा पोर्चुगलको जित

रोनाल्डोको कीर्तिमानमा पोर्चुगलको जित

काठमाडौं : २०१८ को विश्वकप छनोट खेलमा पोर्चुगल विजयी भएको छ भने वेल्जियम बराबरीमा रोकिएको छ । युरोपियन क्षेत्रको शनिबार राती भएको छनोट खेलमा पोर्चुगलले हंगेरीलाई ३-० ले पराजित गर्यो । त्यसैगरी वेल्जियम नौ खेलाडीमा सीमित भएको ग्रीससँग १-१ को बराबरी खेल्यो ।

Cristiano Ronaldo celebrates his goal for Portugal in their comfortable win over Hungary

छनोट खेलमा पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले २ गोल गरे । खेलको ३६ औं र ६५ औं मिनेटमा टोलीका लागि दुई गोल गरेका रोनाल्डोले राष्ट्रिय टोलीका लागि गरेको गोलको सङ्ख्या ७० पुर्याएका छन् । यो सङ्ख्या पछि रोनाल्डो युरोपिन देशमा राष्ट्रिय टिमबाट सर्वा्धिक गोल गर्ने खेलाडीको सूचीमा चौथो स्थानमा उक्लिएका छन् ।

वेल्जियम र ग्रीस बराबरी

छनोट अनतर्गत नै राति भएको अर्को खेलमा बेल्जियम र ग्रीस बीचको खेल १-१ को बराबरीमा टुङ्गिएको छ । पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेका थिएनन् । दोस्रो हाफको सुरुवातमै मिट्रोग्लोउलको गोल मार्फत ग्रीसले खेलमा अग्रता बनाएको थियो । खेलको ८९ औं मिनेटमा बेल्जियमका लामेलु लुकाकुले बेल्जियमका गोल गरेपछि खेल बराबरीमा सकिएको थियो ।

Lukaku's turn and shot in the 89th minute cancelled out the opener from Kostas Mitroglou

६५ औं मिनेटमा टाचट्सिडिस दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि ग्रिस १० खेलाडीमा सीमित भयो । इन्जुरी समयमा जाभेलास दोहोरो पहेँलो कार्ड खाँदै मैदान छोड्न बाध्य भएपछि खेल सकिने बेलामा ग्रीस ९ खेलाडीमा सीमित भयो ।

राति नै भएको खेलमा अन्य खेलमा बोसनिया हर्जगोभिनाले जिब्रालटारलाई ५-० ले हरायो । साइप्रस र इस्टोनियाले गोलरहित बराबरी खेले ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.