प्रचण्डलाई मार्न चाहने नेता माओवादी बैठकमा

प्रचण्डलाई मार्न चाहने नेता माओवादी बैठकमा

काठमाडौं : नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सचिवालय बैठकमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई मार्न चाहने नेताहरु पनि सहभागी रहेको खुलासा भएको छ। त्यस्तो खुलासा अरु नेताले गरेका होइनन्, स्वंयम अध्यक्ष प्रचण्डले गर्नु भएको हो।

‘प्रचण्डलाई मार्नुपर्छ, सिध्याउनुपर्छ भन्नेहरु पनि यही बैठकमा हुनुहुन्छ। यही रहेका साथीहरुले प्रचण्डले बिगारयो, पार्टी सिध्यायो भन्नुहुन्छ’, प्रचण्डले शनिबारको बैठकमा व्यक्त गर्नु भएको अभिव्यक्ति उद्धृत गर्दै एक वरिष्ठ नेताले अन्नपूर्णसँग भन्नुभयो ‘यस्ता कुरा मैले बाहिर सुनेको होइन। मेरो भन्नु केही छैन। पार्टी मैले मात्र बिगारेको होइन, हामी सबै मिलेर बिगारेका छौँ,’ प्रचण्डले आफूलाई मार्न चाहने नेताको नाम भने बैठकमा भन्नुभएन।

एक साता लामो बैठक समापनका क्रममा अध्यक्ष प्रचण्डले त्यस्तो अभिव्यक्ति दिँदा नेताहरु हाँसेका थिए। अध्यक्ष प्रचण्डले १४ बुँदे लिखित प्रस्ताव पेश गर्दै बैठक समापन गर्नु भएको थियो। ती १४ बुँदे प्रस्तावलाई पनि बैठकले पारित गरेको थियो।

बैठकमा प्रचण्डले माओवादीका नेता कार्यकर्ता सामाजिक नभएको पनि बताउनुभयो। ‘चुनावमा भोट माग्दा श्रीमतीलाई पनि नमस्कार गर्नुपर्यो नि ! त्यो कला प्रयोग गर्नुपर्यो। चुनावी रणकौशल प्रयोग गर्नु पर्यो’ प्रचण्डले भन्नुभयो। तर माओवादी नेता कार्यकर्ताले त्यस्तो नगरको उहाँको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.