राप्रपाको चुनावी अभियान सप्तरीबाट

राप्रपाको चुनावी अभियान सप्तरीबाट

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा यही साउन १६, १७ र १८ गते क्रमशः सप्तरी, सिरहा र धनुषामा पार्टीका अध्यक्षसहित शीर्ष नेताको उपस्थितिमा निर्वाचन तयारी भेला गर्ने भएको छ।

आगामी असोज २ गते प्रदेश नं २ मा हुने सो निर्वाचनमा पार्टीलाई अग्रस्थानमा स्थापित गराउने उद्देश्यले भेला गराउन लागिएको बताइएको छ। दुई चरणमा सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीले अपेक्षाकृत नतिजा प्राप्त गर्न नसकेपछि अब जनतासँग बृहत् अन्तक्रिया घरदैलो, राजनीतिक भेलालगायत कार्यक्रम गरिने छ।

पार्टीले उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा उपाध्यक्षद्वय राजीव पराजुली र रामचन्द्र राय सदस्य रहेको निर्वाचन परिचालन समिति गठन गरिसकेको छ । समितिले प्रदेश नं २ को स्थानीय तहमा क्रियाशील पार्टीका संगठनसँग समन्वय गरी स्थानीयवासी तथा तराई-मधेशका जनताको चाहना तथा भावना समेटेर चुनावी गतिविधि सञ्चालन गर्नेछ।

पार्टीले लिएका नीति तथा सिद्धान्तबारे जनतालाई बुझाइने समितिका संयोजक तामाङले जानकारी दिनुभयो। समितिले पार्टीको सम्पर्क कार्यालय महोत्तरीको बर्दिवासमा राख्ने छ। यही साउन १५ गते समितिको पूर्ण बैठक आयोजना गरिने बताइएको छ। रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.