डा. केसीका मागमा स्वास्थ्यमन्त्रीको चासो
काठमाडौं: स्वास्थ्यमन्त्री गिरिराजमणी पोखरेलले डा.गोविन्द केसीका माग सम्बोधन गर्न आफू क्रियाशील रहने बताएका छन्।
शुक्रबार मन्त्रालयमा कर्मचारीहरुसंगको छलफलका क्रममा मन्त्री पोखरेलले स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै केसी अनसनमा बस्दै आएको उल्लेख गर्दै अब सम्झौता कार्यान्वयनका लागि आफ्नो तर्फबाट भूमिका खेल्ने बताए। केसी विगत ५ दिनदेखि आमरण अनसनमा छन्।
यस्तै मन्त्री पोखरेले सात दिन भित्र स्वास्थ्य मन्त्रालयको आगामी कार्ययोजना पेश गर्ने भन्दै अबको दुई दिनमा मन्त्रालयका समस्या र योजनासहितको लिखित ‘नोट' दिन कर्मचारीलाई निर्देशन दिएको मन्त्रीको नीजि सचिवालयले जनाएको छ।
मन्त्री पोखरेले विदाको दिन कर्मचारीलाई बोलाएर मन्त्रालयको काम कारवाहीलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने बारे दिनभर छलफल गरेका थिए।