व्यवसायीलाई गृहमन्त्रीको मोबाइल सम्बोधन

व्यवसायीलाई गृहमन्त्रीको मोबाइल सम्बोधन

बागलुङ : कार्य व्यस्तताले उपस्थित हुन नसकेपछि गृहमन्त्री जनार्दन शर्माले यहाँको एक कार्यक्रमलाई मोबाइलबाटै सम्बोधन गरेका छन् । गृहमन्त्री जनाद्र्धन र्शाले आगामी १५ बर्षभित्र मुलुक आर्थिक विकासको नयाँ चरणमा प्रवेश गर्ने दावी गरेका छन् । बागलुङमा भएको नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठन, बागलुङ शाखाको प्रथम जिल्ला अधिवेशनमा उनले मोबाइलबाट मन्तव्य राखेका हुन ।

काठमाडौँबाटै अधिवेशनलाई शनिबार दिउँसो करिब ५ मिनेट सम्बोधन गरेका मन्त्री शर्माले स्वाधिन अर्थतन्त्रका लागि उद्योग, व्यापारको विकासमा जोड दिए ।

उनले मुलुकको आर्थिक समृद्धिका लागि जल, जमिन, जङ्गल र जनश्रमलाई अधिकतम उपयोग गर्नुपर्ने बताए । “अर्थतन्त्रलाई सुदृढ र स्वाधिन बनाउनसके मात्र मुलुक अघि बढ्छ”, गृहमन्त्री शर्माले भने ।

“मुलुक राजनीतिक परिवर्तन हासिल गर्दै आर्थिक क्रान्तिको बाटोमा अघि बढेको छ” मन्त्री शर्माले भने “राष्ट्रिय पूँजी र स्वाधिन अर्थतन्त्र निर्माणका लागि सबै लाग्नुपर्ने बेला आएको छ ।”


अधिवेशनले सङ्गठनको नयाँ नेतृत्व चयन गर्ने बागलुङ शाखाका संयोजक रतन मलेपतिले जानकारी दिए । अधिवेशनमा जिल्लाका १० वटै स्थानीय तहबाट दुई सयभन्दा बढी प्रतिनिधि सहभागी छन् । रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.