भरतपुर मुद्दाको अन्तिम सुनुवाइ हुँदै

भरतपुर मुद्दाको अन्तिम सुनुवाइ हुँदै

काठमाडौं : भरतपुर महानगरपालिकाको मतपत्र च्यातिएको विषयमा सर्वाेच्च अदालतमा परेको मुद्धामाथि आज पनि सुनुवाइ हुँदै छ।

बिहीबार मुद्दाका पक्ष र विपक्ष दुबैतर्फका वकिलहरुको बहस सकिसकेकाले आज फैसला आउने सम्भावना छ। न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ हुनेछ।

मतगणनाका क्रममा वडा नम्बर १९ को मतपत्र च्यातिएको विषयमा सर्वोच्च अदालतमा मुद्दा परेको थियो। निर्वाचन आयोगले पुन: मतदान गर्ने निर्णय गरेपनि त्यसविरुद्ध जेठ २१ गते सर्वोच्चमा रिट दायर भएको थियो। महानगरका २९ मध्ये २७ वडाको गणना सम्पन्न भएको छ।

मुद्दाको टुंगो नलाग्दा भरतपुर महानगरपालिकाका निर्वाचित प्रतिनिधिहरुले अहिलेसम्म सपथ ग्रहण गर्न पाएका छैनन भने महानगरपालिकाको कामकाजसमेत ठप्पप्राय छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.