जिसस ललितपुरको संयोजकमा कांग्रेस उम्मेदवार निर्विरोध

जिसस ललितपुरको संयोजकमा कांग्रेस उम्मेदवार निर्विरोध

ललितपुर: जिल्ला समन्वय समिति (जिसस) लतिलपुरको संयोजकमा नेपाली कांग्रेसका उम्मेदवार निर्विरोध चयन भएका छन्।

निर्वाचन कार्यतालिका अनुसार आइतबार एक बजेसम्म मनोनयन दर्ताको समय रहेकोमा संयोजकमा कांग्रेसकातर्फबाट मात्र उम्मेदवारी परेको छ। कांग्रेसबाट संयोजकमा अमरबहादुर खड्काको एकल उम्मेदवारी परेको हो।

उपप्रमुखमा भने कांग्रेसले माओवादीलाई समर्थन गरेको छ। माओवादीबाट उपाध्यक्षमा दिनेश महर्जनले मनोनयन दर्ता गराएका छन् भने नेकपा एमालेबाट गम्भिर रानाले उम्मेदवारी दिएका छन्। यस्तै ७ सदस्यमध्ये पाँच कांग्रेस र दुइ सदस्य माओवादीलाई दिने सहमति अनुसार दुबै पार्टीले उम्मेदवार मनोनयन दर्ता गराएका छन्।

निर्वाचन कार्यालयले सोमबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने जनाएको छ भने साउन २० गते निर्वाचन हुने छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.