भरतपुर १९ मा मतदाताको उत्साहपूर्ण सहभागिता

भरतपुर १९ मा मतदाताको उत्साहपूर्ण सहभागिता

भरतपुर : भरतपुर १९ का मतदाता बिहान सातबजेदेखि मतदान गर्दै छन् । बिहानैदेखि पानी परेकाले मतदाता छाता ओढेर मतदान गर्न वाध्य भएका हुन् । सर्वोच्च अदालतले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ का मतदाता गर्ने फैसला गरेसँगै आज शुक्रबार पुनः मतदान हुन लागेको हो ।

पानी परेकाले केही छाता ओडेर मतदानस्थलमा उभिएका छन् भने केही पानी रोकिएपछि मतदान गर्ने तयारी गरेका छन् । पहिलो चरण वैशाख ३१ गते चुनाव भएपनि मतपत्र च्यातिएपछि उत्पन्न विवाद सल्टाउँदै सर्वोच्च अदालतले दिएको आदेशअनुरूप पुनः मतदान हुन लागेको हो ।

भरतपुर १९ मा ३ हजार ७ सय ९७ मतदाता छन् । जीवनज्योति आधारभूत विद्यालय केन्द्रमा १३०६, शारदा माविमा १२२३ र किरण माविमा १२४८ मतदाताले मतदान गर्दैछन् ।

चुनावी मैदानमा नेकपा एमालेका तर्फबाट देवी ज्ञवाली छन् भने नेकपा माओवादी केन्द्रबाट रेणु दाहाल चुनावी मैदानमा छन् । रेणुलाई कांग्रेसको पनि साथ रहेको छ । भरतपुर वडा नम्बर २० को मत गणना हुन बाँकी छ ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.