नेमकिपाले प्रदेश संयोजक तोक्यो

नेमकिपाले प्रदेश संयोजक तोक्यो

भक्तपुर: नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले सात वटै प्रदेश संयोजक तोकेको छ। नेमकिपाको २७ औं केन्द्रीय परिषद् बैठकले प्रदेश नं २ मा आगामी असोज २ गते हुने स्थानीय तह तथा प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गरेर प्रदेश संयोजक तोकेको हो।

पदेश नं. १ देखि ७ सम्म क्रमशः नरेन्द्र होमागाईं, दिनेश शाह, प्रेम सुवाल, नीरज लवजू, हरिसुन्दर वासी, सुनिल प्रजापति र बजीरसिंह विक संयोजक रहेका छन्।

यस्तै बैठकमा स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनको समीक्षा गर्नाका साथै सचिव सुवालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सुझावसहित पारित गरेको छ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतले निर्वाचनमा आचारसंहिता उल्लंघन गरी झुटा आश्वासन दिने, भोजभतेर खुवाउने, सामान र पैसा वितरण गरेको आरोप नेमकिपाले लगाएको छ।

बैठकले संसदमा विचाराधीन निर्वाचनसम्बन्धी ऐनमा व्यवस्था गरिएको मतसीमाको प्रावधान गणतन्त्रविरोधी तथा प्रतिगामी भएको ठहर समेत गरेको छ। रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.