वीरगन्ज महानगरमा कांग्रेसले खाता खोल्यो

वीरगन्ज महानगरमा कांग्रेसले खाता खोल्यो

वीरगन्ज: प्रदेश नम्बर-२ को एक मात्र महानगर वीरगन्ज महानगरपालिकामा नेपाली कांग्रेसले जितको पहिलो खाता खोलेको छ।वीरगन्ज महानगरपालिका वडा नम्बर-३० को वडा अध्यक्षमा जित पार्दै कांग्रेसले पहिलो खाता खोलेको हो। वडा अध्यक्षमा कांग्रेसका उम्मेदवार अली हुसेन देवान विजयी भएका हुन्।

एमालेका उम्मेदवार अमानत अन्सारीलाइ चार मतको झिनो अन्तरले पराजित गर्दै देवान विजयी भएका हुन्। वडा अध्यक्षमा निर्वाचित कांग्रेसका देवानले चार सय ५० मत प्राप्त गरेका हुन्।

उनका निकटतम प्रतिद्धन्द्धी एमालेका अन्सारीले चार सय ४६ मत प्राप्त गरेका छन्। यस्तै वडा अध्यक्षममा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार ब्रम्हदेव यादवले भने तीन सय २५ मत मात्रै प्राप्त गरे।

दुइ हजार ३२ मतदाता रहेको वीरगन्ज महानगरपालिका वडा नम्बर ३० मा सोमबार भएको निर्वाचनमा एक हजार सात सय २४ मत मात्र खसेको थियो।

यता, एमालेका वडा अध्यक्षका उम्मेदवार अन्सारीले भने मतगणनामा खटिएका कर्मचारीहरुले गोलमाल गरि कांग्रेसका उम्मेदवार देवानलाइ जिताएको आरोप लगाएका छन्।

सोमबार भएको निर्वाचनमा वडा नम्बर ३० मा एक हजार सात सय ६६ मत खसेको भएपनि मतगणनाका क्रममा कर्मचारीहरुले एक हजार सात सय २४ मत मात्र खसेको बताएको अन्सारीले बताए।

मतगणनामा कर्मचारीहरुले गोलमाल गरेर मत गणना गरिरहदा आफना प्रतिनिधीले विरोध जनाएपनि मतगणना स्थलामा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरुले धम्की दिएर जबरजस्ति मुचुल्कामा सहीछाप गर्न लगाएको अन्सारीले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.