दोस्रो संविधानसभामा प्रचण्डसँग पराजित लीलानाथ सिरहा ३ बाट विजयी
सिरहा : सिरहा प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा वाम गठबन्धनका उम्मेदवार लीलानाथ श्रेष्ठ निर्वाचित भएका छन् । नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका श्रेष्ठ २३ हजार २ सय ७० मत ल्याएर निर्वाचित भएका हुन् ।
विजयी श्रेष्ठका निकटम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका असेश्वर यादवले २१ हजार २१७ मत प्राप्त गरेका छन् । सिरहा क्षेत्र नम्बर ५ बाट दोस्रो संविधानसभाको चुनावमा श्रेष्ठ तत्कालीन एमाओवादी अध्यक्ष प्रचण्डबाट थोरै मतान्तरले पराजित भएका थिए ।