बालुवाटारमा सर्वदलीय बैठक सुरु

बालुवाटारमा सर्वदलीय बैठक सुरु

काठमाडौं : बालुवाटारमा संर्वदलीय बैठक सुरु भएको छ । बैठकमा प्रदेश प्रमूख नियुक्तिमा राजनीतिक सहमति जुटाउनेबारे छलफल हुँदैछ।  

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार बैठकले प्रदेश मुकाम र प्रदेश प्रमुखबारे निचोडमा पुग्ने छ । त्यस्तै बैठकमा राष्ट्रियसभा निर्वाचन र नयाँ सरकार गठनका विषयमापनि छलफल हुने बताइएको छ । बैठकमा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीका शीर्ष नेतृत्वहरु सहभागी भएका छन् । 

 बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले नेताहरु सुवास नेम्वाङ, भीम रावल, विष्णु पौडेल, अग्नि खरेल, कांग्रेस नेताहरु रामचन्द्र पौडेल, विजय गच्छदार, सशाङ्क कोइराला, कृष्ण सिटौला, माओवादी नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा 'बादल', संघीय फोरमका राजेन्द्र श्रेष्ठ, राजपाका महेन्द्र राय, राजेन्द्र महतो लगायतका नेताहरु सहभागी छन् । 

 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.