माटोको ढिस्कोले पुरिएर एकको मृत्यु
बैतडी : माटोको ढिस्कोले पुरिएर बैतडीमा एक स्काभेटर सह–चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेको कोहलपुर,रैनाखोलाका १९ वर्षीय भानुभक्त श्रेष्ठ रहेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
शनिबार राति ९ बजे दशरथचन्द नगरपालिका २ हल्लेक– कुणीभिटा ग्रामीण सडक निर्माण गरिरहेका बेला एक्कासी माथिबाट खसेको माटोको ढिस्कोमा पुरिएर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीको टोली घटनास्थल पुगेको छ । प्रतिघण्टाको हिसावले पारिश्रमिक पाइने भएकाले राति पनि सडक निर्माणको काम गरेको हुनसक्ने प्रहरीले जनाएको छ । प्युठान झुमितका २९ वर्षीय डम्बर नगरकोटी स्काभेटर चलाइरहेका थिए।