घर निर्माण बढेपछि काठ तस्कर सक्रिय

घर निर्माण बढेपछि काठ तस्कर सक्रिय

सुर्खेत : कर्णाली प्रदेश राजधानी भएसँगै वीरेन्द्रनगरमा घर निर्माणको दर बढेको छ। एकाएक घर निर्माण गर्नेहरूको संख्या बढेपछि काठ तस्करी पनि बढेको हो। वीरेन्द्रनगरमा काठको माग बढेपछि तस्करहरूले जिल्लाको ग्रामीण क्षेत्रबाट अवैध रूपमा वीरेन्द्रनगरमा काठ भिœयाउन थालेका छन्।

सस्तो मूल्यमा पाइने भएकाले पनि उपभोक्ताले तस्करसँग नै काठ खरिद गर्ने गरेका छन्। बजारमा माग बढेपछि तस्करहरूले रातको समयमा प्रहरी र जिल्ला वन कार्यालयका कर्मचारीलाई छलेर काठ ओसार्ने गरेका हुन्। यही क्रममा वन कार्यालयका कर्मचारी र प्रहरीले एकपछि अर्को गर्दै तस्करलाई काठसहित पक्राउ गरिरहेका छन्। तर, तस्करले रातको समयमा र सवारीसाधनमा लुकाएर काठ भिœयाउने भएकाले तस्करी रोक्न समस्या भएको वन कार्यालयले जनाएको छ।

जिल्ला वन कार्यालयले वीरेन्द्रनगरमा घर बनाउने क्रम बढेको र केही हदसम्म काठ तस्करी पनि बढेको जनाएको छ। जिल्ला वन अधिकृत हेमराज विष्टले प्रदेश राजधानी भएकाले पनि वीरेन्द्रनगरमा काठको माग बढेको बताए। जिल्ला वन अधिकृत हेमराज विष्ट जिल्लाका तीन वटा नाकाबाट वीरेन्दनगरमा काठ भित्रिने गरेको बताउँछन्।

नगरमा बढ्दो बसाइँसराइका कारण पनि काठ तस्करी बढेको उनको भनाइ छ। ‘कर्णालीमा प्रदेश राजधानी बनेपछि अत्यधिक घर निर्माण भइरहेका छन्’ उनले भने, ‘वैधानिक रूपमा किन्दा महँगो पर्ने भएकाले पनि अवैधानिक रूपमा काठको प्रयोग हुने गरेको छ।’ उनका अनुसार वीरेन्द्रनगरका पूर्वीक्षेत्र धुलियाबिट, पश्चिमको बांगेसिमल र सानो सुर्खेत नाकाबाट अवैध रूपमा काठ भित्रिने गरेको छ।

वन कर्मचारी र प्रहरी सक्रिय भएका कारण तस्करहरू पनि पक्राउ पर्न थालेका उनले बताए। उनका अनुसार अवैध रूपमा काठ भित्रिने नाकामा वन कर्मचारी र सुरक्षाकर्मीले गस्ती बढाएका छन्। अवैध रूपमा भइरहेको काठ तस्करी रोक्न आफूहरू सक्रिय भएको भन्दै कार्यालयले तस्करी नियन्त्रणका लागि प्रयास जारी रहेको उल्लेख गरेको छ। अब सामुदायिक वनबाट काठको चोरीनिकासी रोक्न जिल्ला वनले विशेष अभियान थाल्ने भएको छ। अवैधानिक काठ तस्करीलाई रोक्न आपूर्ति समितिले सहुलियतमा वितरण गर्ने भएको हो। आवैधानिक रूपमा काठ तस्कर हुने क्रम न्यूनीकरण गर्न जिल्ला वन कार्यालयले काठ वितरण थाल्ने जनाएको छ।

२६ जना काठ तस्कर समातिए

वन संरक्षण र काठ तस्करी रोक्न कार्यालयले विभिन्न रणनीति अपनाएको छ। कार्यालयका अनुसार यो आर्थिक वर्षको सात महिनामा २६ जना काठ तस्कर समातिएका छन्। साउनदेखि फागुनसम्मको अवधिमा काठ तस्करी गरिरहेका २६ जनालाई पक्राउ गरेर अदालतमा मुद्दा नै चलाइएको छ।

सस्तो मूल्यमा पाइने भएकाले पनि उपभोक्ताले तस्करसँग नै काठ खरिद गर्ने गरेका छन्।

जिल्लाका सामुदायिक वनबाट बिनाइजाजत वन पैदावार र चिरान काठ ओसारपसारमा संलग्नहरूलाई पक्राउ गरिएको जिल्ला वन कार्यालयले जनाएको छ। कार्यालयका अनुसार उनीहरूबाट ६ सय १७ थान काठ पनि बरामत गरिएको छ। यस्तै तीन सय १७ क्युफिट चिरान र २०९.७२ क्युफिट गोलिया काठ बरामद गरिएको छ। यस्तै काठ ओसारपसारमा प्रयोग भएका पाँच वटा सवारी साधन पनि नियन्त्रणमा लिइएको छ।

डढेलो रोक्न अभियान

डढेलोबाट वनमा हुने क्षति रोक्न विशेष अभियान थालिने भएको छ। गर्मी तथा सुक्खा मौसम सुरु भएसँगै डढेलो नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गर्न लागिएको हो। जिल्ला वन कार्यालयले सुर्खेतका सामुदायिक वनहरूमा विशेष जनचेतनामूलक कार्यक्रमहरू गरिने जनाएको छ।

डढेलो लाग्नै नदिने, लागेपछि कसरी जोगाउने, डढेलो कसरी नियन्त्रण लिने भन्नेबारे पूर्वअभ्यास गराइने भएको छ। संरक्षित क्षेत्र काँक्रेविहार जंगल र गोठीकाँडा वनमा डढेलो नियन्त्रणबारे अभ्यास गरिने भएको हो। जिल्ला वन अधिकृत हेमराज विष्टले वनमा डढेलो लागे नियन्त्रण गर्ने उपकरणसमेत वितरण गरिने बताए। उनले डढेलो नियन्त्रणका लागि आवश्यक उपकरण वितरणसँगै सामुदायिक वनका पदाधिकारीलगायत वडाहरूमा गएर सचेतना गोष्ठी र अन्तक्र्रिया थालिएको बताए। गर्मी मौसम सुरु भएसँगै सल्लो, साललगायत पात झर्ने र सुक्ने भएकाले पनि डढेलोको उच्च जोखिम हुन्छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.