मिनिल्याण्डमा अभिभावक दिवस

मिनिल्याण्डमा अभिभावक दिवस

काठमाडौं : काठमाडौं थलीस्थित मिनिल्याण्ड अंग्रेजी हाइस्कुलले एक समारोहका बीच २५ औं वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । गत शनिबार स्कुलको प्रांगणमा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथी साहित्यकार तथा संगीतकार बुलु मुकारुङले गरेका थिए।

कार्यक्रममा बोल्दै साहित्यकार मुकारुङले विद्यार्थी,अभिभावक र व्यवस्थापनको राम्रो सहकार्यमा मात्रै स्कुल राम्रो हुने भन्दै विद्यार्थीलाई, लगनशील भएर पढ्न समेत सुझाव दिएका थिए।

कार्यक्रममा स्कुलका प्रिन्सिपल मनिराम वाग्लेले विदालयले गुणस्तरीय शिक्षामा जोड दिँदै आएको बताए। उनले अभिभावकलाई इंगित गर्दै भने, ' कलिला मुना हामीलाई सुम्पिनु भएको छ, हामी ती मुनाहरुलाई सुगन्धित फूल बनाउन कटिवद्ध रहनेछौं। त्यसका लागि सदैव स्कुल, विद्यार्थी र अभिभावको साथ र सहयोगको खाँचो परिरहनेछ।'

कार्यक्रममा कक्षा नर्सरीदेखि १० कक्षासम्म अध्ययनरत विद्यार्थीले आआफ्नो कलाकारितामार्फत मनोरञ्जन प्रदान गरेका थिए। बिहान ११ बजेबाट सुरु भएको उक्त कार्यक्रम नर्सरीका भाइबहिनीहरुले 'लेकका हामी केटाकेटी' बोलको गीतमा नृत्य प्रस्तुत गर्दा कार्यक्रम थप रोचक बनेको थियो।

कार्यक्रममा विद्यार्थीले मारुनी, नेवारी, गुरुङ, स्पेनिस, फेसन सो, तामाङ सेलोजस्ता नृत्यमा प्रस्तुति देखाएका थिए भने 'ट्वाक्क टुक्क- २' हाँस्य नाटकका कलाकारहरुको प्रहसनले उपस्थितमा निकै मनोरञ्जन दिएको थियो । गत सालको परीक्षामा कक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरिएको थियो। कार्यक्रममा अभिभावकको बाक्ले उपस्थित रहेको थियो।

स्कुलको २५ औं वार्षिक उत्सवका अवसरमा ९० वर्षभन्दा माथिका वृद्धवृद्धाहरुलाई प्रमाणपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कागेश्वरी मनोहरा नगरपालिकाकी उपमेयर बिन्दु सिमखडाले स्कुलले जीवनको उत्तरार्द्धमा प्रवेश गरेका वृद्धवृद्धालाई सम्मान गरी पुण्य कमाएको भन्दै यसले समाजमा राम्रो सन्देश जाने बताइन्।

उक्त कार्यक्रममा मिनिल्याण्ड स्मारिकाको पनि लोकापर्ण गरिएको थियो। कार्यक्रममा प्रदेश-३ का सांसद मणिराम फुयाँल, वडाअध्यक्ष राजाराम पुडासैनीलगायत विभिन्न क्षेत्रमा आवद्ध   प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थिति थियो । विद्यालयमा लगभग १ हजार छात्रछात्रा अध्ययनरत छन्। स्कुलका संस्थापन अध्यक्ष जयराम वाग्लेको सभापतित्वमा कार्यक्रम समापन भएको थियो।

 भिडियाे

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.