कालिगण्डकी नदीमा बेपत्ता बालक मृत फेला

तानसेन : सोमवार दिउँसोबाट कालिगण्डकीमा बेपत्ता एक बालक मृत फेला परेका छन् । पाल्पाको रम्भा गाउँपालिका– १ हुँगी ३ वर्षीय अबिरल पुन बुधबार बिहान सिद्धबाबा मन्दिर नजिकै रहेको कालिगण्डकीको किनारमा फेला परेका हुन् ।
पानीमा तैरिएर बसेको अवस्थामा स्थानीयले पुनको शव फेला पारेका हुन् । पुनको शवलाई पोष्मार्टमका लागि रामपुर अस्पतालमा लगिएको इलाका प्रहरी कार्यालयले जनाएको छ । उनीसँंगै नदीमा वेपत्ता भएका सोही ठाउँका ५ वर्षीया सरोज राना अझै भेटिएका छैनन् । उनको खोजी कार्य जारी रहेको पाल्पा प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !
