लिलाम नुहँदा करोडौ‌ मोलका काठ सड्दै

लिलाम नुहँदा करोडौ‌ मोलका काठ सड्दै

बिर्तामोड : झापा र इलामको सीमावर्ती क्षेत्र सुखानीमा रहेको दक्षिणी सेक्टर वन कार्यालयको परिसर काठ र काठ तस्करले प्रयोग गरेका सवारी साधनले भरिएको छ।

विभिन्न समयमा पक्राउ गरी राखिएका खिया लागेका साइकलको चाङ, खिया लागेर प्रयोग गर्नै नसकिने बनेका ट्र्याक्टर, पिक–अप र ट्रकले ठूलो क्षेत्र ओगटेको छ। गाडीका वरिपरि राखिएका चिरान काठका ठूलाठूला हार नाघ्दै कार्यालय छिर्नुपर्छ।

बितेको ११ वर्षमा बरामद गरिएका काठ र नियन्त्रणमा लिइएका सवारीलाई समयमै लिलामी गर्न नसक्दा यस्तो अवस्था बनेको हो। पक्राउ गरिएका काठ र सवारी साधन लिलाम नगर्दा सरकारको खातामा जाने करोडौंको राजस्व त्यसै खेर गइरहेको छ।

अदालतको लामो कानुनी प्रक्रियाका कारण अवैध चोरी पैठारीका काठ बरामद भए पनि कार्यालयले समयमै लिलामी गर्न नसक्दा हरेक वर्ष बरामद गरिएका काठ र नियन्त्रणमा लिइएका सवारी कार्यालय परिसरमा सड्ने अवस्थामा पुगेको कार्यालयका सहायक वन अधिकृत ऋतेषभूषण बस्नेतले बताए।

‘काठ तस्करी रोकिएको छैन, पक्राउ परेका परेकै छन्, ल्याउँछौं, थुपाछौँ तर के गर्ने लिलाम गर्न सकिएको छैन’, बस्नेतले भने। केही बेवारिसे काठ लिलाम भइरहेको भए पनि मुद्दा पक्रिया लामो भएकाले अदालतमा धेरै समय लाग्ने उनले बताए।

गत आर्थिक वर्ष ०७३÷७४ मा १६ वटा मुद्दा दायर गरेको दक्षिणी सेक्टर वन कार्यालयले अहिले पनि सोही संख्यामा मुद्दा पुग्न लागेको जनाएको छ। आव ०७३÷७४ मा ३१ जना पक्राउ परेका र ३४ जना फरार रहेका कार्यालयको तथ्यांक छ। चालु आवको तथ्यांक एकिकृत गर्ने काम भइरहेको बस्नेतले बताए।

आव ०७३÷७४ मा मात्र एक हजार ६१ थान काठ बरामद भएको कार्यालयले जनाएको छ। जसमा १ हजार ७ सय ४५ दशमलव ९६ कीबी काठ रहेको छ। खास गरी दक्षिणी इलामको चुलाचुली क्षेत्रमा काठ धेरै चोरी हुने गरेको छ। ‘बिर्तामोड, अर्जुनधारा, बुधबारेलगायत क्षेत्रमा इलाम र झापाबाट प्रायः वैधानिक नै जान्छ, बस्नेतले भने’, ‘दमक ठूलो बजार छ, दमकको नजिक वन छैन अनि त्यतातिर धेरै चोरी हुन्छ।’

काठ तस्करी रातको समयमा बढी हुने गरेको कार्यालयले जनाएको छ। राति साइकलमा काठका स–साना टुक्रा राखेर तस्करी हुने गरेको सुखानीवासी बताउँछन्। काठ ओसार्नकै लागि साइकलमा फलामका रड जोडिएको हुन्छ। साइकलको चक्कामा स्पोक पनि रिक्साको जडान गरिएको हुन्छ। ती साइकललाई बरामद गरी सुखानीस्थित दक्षिणी सेक्टर वन कार्यालयमा राखिएको छ। तस्करी गरिएको काठको ठूलो बजार झापा हो। झापामा वनक्षेत्र कम भएका कारण अधिकांश सर्वसाधारण तस्करीकै काठ किन्न बाध्य छन्।

सुखानीमा रहेको दक्षिणी सेक्टर वन कार्यालयको परिसरमा थुपारिएको सवारी र काठ। रविन भट्टराई


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.