८८ किलाे सुन तस्करीका दुई मुख्य अभियुक्त ५ लाख धराैटीमा रिहा
काठमाडौं : सर्वोच्च अदालतले ८८ किलो सुन तस्करीमा संलग्न भएको आरोप लागेका दुई अभियुक्तलाई उन्मुक्ति दिएको छ । पाँच लाख धरौटीमा उनीहरु बिहीबार रिहा भएको सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए।
न्यायाधीशद्वय केदारप्रसाद चालिसे र बमकुमार श्रेष्ठको इजलाशले पाँच लाख धरौटी लिएर उनीहरुलाई रिहाइको आदेश दिएको हो । जिल्ला र उच्च अदालतको आदेशबाट ८८ किलो सुन तस्करीमा मुख्य अभियुक्त नन्दकुमार पाण्डुरंग मगर्ले र उल्हास दिनकर सालुङ्खेले उन्मुक्ती पाएका हुन्।
अभियुक्तहरु जिल्ला र उच्च अदालतको आदेश विपरीत वैशाख १० गते सर्वोच्च अदालत पुगेका थिए। तर, सर्वोच्चले जिल्ला र उच्च अदालतको आदेश बदर गर्दै उनीहरुलाई बिहीबार उन्मुक्ती दिएको हो।
प्रहरीले काठमाडौंको क्षेत्रपाटीमा पार्किङ गरेको गाडीबाट भदौ १९ गते ८८ किले सुन बरामद गरेको थियो। उक्त सुन रसुवाको केरुङ नाका हुँदै अवैध तरिकाले नेपाल भित्र्याइएको थियो । उक्त मुद्दा अहिले पनि काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ।