बवदा बसेर होइन, काम गरेर गणतन्त्र दिवस: प्रधानमन्त्री

बवदा बसेर होइन, काम गरेर गणतन्त्र दिवस: प्रधानमन्त्री

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवशलाई जनस्तरसम्म पु¥याउनु पर्ने बताएका छन् ।गणतन्त्र दिवश मूल समारोह समितिका अध्यक्षसमेत रहेका प्रधानमन्त्रीले  आज गृहमन्त्रालयमा आयोजित बैठकलाई सम्बोधन गर्दै यस्तो निर्देशन दिएका हुन् ।

गणतन्त्रलाई सरकारी दिवस जस्तो नबनाएर जनताको उत्सव जस्तो बनाउनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘गणतन्त्र सरकारी दिवश होइन जन दिवश हो’ प्रधानमन्त्री ओलीले भने, ‘यो दिवस गाउँपालिकासम्म मनाउने व्यवस्था गर्नुपर्दछ ।’

लामो संघर्षबाट गणतन्त्र ल्याएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले मान्छे जन्मदै श्रेष्ठ हुने पाखण्डी प्रणालीलाई विस्थापन गर्दै प्रतिष्पर्धाबाट स्थापित हुने प्रणालीकोरुपमा गणतन्त्र आएको बताए ।

प्रधानमन्त्री ओलीले दैनिक कामकाजलाई बाधा नहोस भनेर यो वर्ष गणतन्त्र दिवशको सार्वजनिक विदा कटौती गरिएको बताए । ‘विदा बसेर मात्र गणतन्त्र मनाइने होइन’, प्रधानमन्त्री ओलीले भने, ‘कार्यलय समय बाहिरको समयमा दिवश मनाऊँ । कार्यलय समयमा काम गरौं ।’

गणतन्त्र दिवसका दिन ब्यापकरुपमा परिसंवाद कार्यक्रम सञ्चालन गर्न प्रधानमन्त्रीले निर्देश्न दिएका छन् । ‘गणतन्त्रका बिषयमा कोही कसैलाई कुनै भ्रम हुनसक्छन्’, प्रधानमन्त्री ओलीले भने, ‘त्यस्ता भ्रम हटाउन विभिन्न क्षेत्रका व्यक्तित्वहरुसँग परिसंवाद कार्यक्रम गर्नु उपयुक्त हुन्छ ।’
टुँडिखेलमा जेठ १५ गते मनाइने गणतन्त्र दिवसको शैली पनि परिमाजर्न गर्नुपर्ने प्रस्ताव प्रधानमन्त्रीले गरेका छन् । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.