हवल्दारकी श्रीमतीको शव प्रहरी कार्यालयको क्यान्टिनमा
गुलरिया : जिल्ला प्रहरी कार्यालय बर्दियाको गुलरियाको कार्यालय परिसरभित्र संचालनमा रहेको क्यान्टिनमा झुण्डिएको अवस्थामा एक महिलाको शव भेटिएको छ ।
प्रहरी हवल्दार राजु ठकुरीकी २९ वर्षीया श्रीमती कल्पना श्रेष्ठको शव क्यान्टिनको एक कक्षमा झुण्डिएको अवस्थामा भेटिएको हो ।क्यान्टिन सञ्चालक हवल्दार श्रेष्ठकी श्रीमतीको शव झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक जनक भट्टराईले बताए ।
उनले भने,‘घटना स्थलको प्रारम्भिक मुचुल्कालगायत पोष्टमार्टम कार्य भइरहेको अनुसन्धान पश्चात मात्रै घटनाको यथार्थ विवरण आउँछ ।’ प्रहरी हवल्दारका श्रीमान–श्रीमती मिलेर क्यान्टिन चलाउँदै आएका थिए । प्रहरी उपरीक्षक भट्टराईले घटनाको अनुसन्धान भइरहेको बताए ।